लामो समय देखि सम्पन्न हुन नसकेको म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठक गत सेप्टेम्बर ४ तारिख आईतबार उत्साहजनक उपस्थितिमा सम्पन्न गर्दै बिबिध आकर्षक निर्णयहरु गरेको छ । बिगत केहि समय देखि निर्माण सम्पन्न गर्ने भनिएको म्याग्दी अस्पतालको आकष्मिक कक्षलाई २०६८ भित्र कुनै हालतमा निर्माण सम्पन्न गर्ने गरि बिबिध बिषयहरु माथि छलफल र निर्णय गरेको छ । त्यस्तै यसै सेप्टेम्बर महिना भित्र कोरियामा नयां र पुराना म्याग्देलीहरुको दाता संकलन गर्ने गरि म्याग्दी जिल्लाका हरेक गाबिस बाट कोरियामा रहेका १ जना प्रतिनिधि चयन गरेको छ । साथै यसपालीको दशै कार्यक्रम भब्यताका साथ मनाउने निर्णय गर्दै स्थान मिति र समय तोकेको छ ।