म्याग्दी समाज समितिका बर्तमान उपाध्यक्ष बरुवाल ज्युको बिदाइ कार्यक्रम भब्यताकासाथ सम्पन्न

December 24, 2011

समाजका अध्यक्ष प्रसंशा पत्र प्रादान गर्दै 
म्याग्दी समाज समिति दक्षिण कोरियाका बर्तमान उपाध्यक्ष श्री नारायण बरुवाल ज्यु को बिदाइ कार्यक्रम तुनदेमुन को एक कोरियन होफ मा भव्यताका साथ सम्पन्न भयो |  आज बेलुकी करिब ९ बजे बाट शुरु भएको कार्यक्रम राति १ बजे सम्म चलेको थियो सो कार्यक्रम अनौपचारिक भेटघाटको रुपमा रहेता पनि म्याग्देली हरुको उपस्थिति र नारयण बरुवाल ज्यु को योगदान को कदर गर्दै एका एक म्याग्देली हरुको ठुलै जमघट भएकाले भेटघाट कार्यक्रम औपचारिक रुपमै बिदाइ कार्यक्रम मा परिवर्तन भएको थियो |  सो कार्यक्रम समाजका सचिब भरत तुलाचनको संचालन अध्यक्ष नर बहादुर पुन को सभापतित्व जनजाती महासंघ कोरियाका उपाध्यक्ष तथा समाजका सलाहकार भक्त शेरचन नव आगन्तुक पुराना खेलाडी रामकृष्ण तिलिजा उपाध्यक्ष नारायण बरुवाल ज्यु को आतिथ्यमा कार्यक्रम शुरु भएको थियो|  उपस्थित सम्पूर्णलाई समाजका सहसचिब बाबुराम शर्माले  स्वागत मन्तब्यद्ररा  स्वागत गर्नुभएको थियो |
Read more 

नारायण बरुवाल ज्युलाई समाजका अध्यक्षले उहाको योगदानको कदर गर्दै  दोशल्ला ओढाएर र प्रसंशा पत्र प्रदान गर्दै सम्मान गर्नुभयो सो कार्यक्रममा नबआगन्तुक पुराना खेलाडी रामकृष्ण तिलिजा ज्यु लाइ पनि खादा ओढाएर स्वागत गरिएको थियो |
बर्तमान उपाध्यक्ष श्री नारायण बरुवाल ज्यु यहि डिसेम्बर २७ तारिख क दिन बिहान १० बजेको उडान मार्फत आफ्नै जन्म भुमि फर्कदै हुनुहुन्छ |

फोटोहरु हेर्नलाई यहा क्लिक गर्नुहोला

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP