म्याग्दी समाज समितिका बर्तमान उपाध्यक्ष नेपाल फर्कनु हुदै

December 19, 2011


बाबुराम शर्मा सउल,कोरिया
लामो समय देखि कोरियामा रहि म्याग्दी समाज समितिमा  सक्रिय रहदै आउनु भएका म्याग्दी समाज समिति दक्षिण कोरियाका बर्तमान उपाध्यक्ष श्री नारायण बरुवाल ज्यु  कोरियाको लामो बसाइलाई अन्त गर्दै आफ्नै मातृ भुमि नेपाल फर्कदै हुनुहुन्छ  |    फोनमार्फत दिएको जानकारी अनुसार यहि   डिसेम्बर २७ तारिख का  दिन उहा  नेपाल फर्कन लाग्नु भएको हो | उहा लामो समय कोरिया मा अबैधानिक बस्दै आउनु भएता पनि उहा सो-इक्षाले  नेपाल जान लाग्नु भएको हो |  उहा प्रदेश मा रहेर पनि आफ्नो व्यस्तताका बाबजुत म्याग्दी समाज समिति दक्षिण कोरियाका साथै विभिन्न  संघ सस्थामा संलग्न रहदै आउनु भएको छ  | 
किन   नेपाल जान लाग्नु भएको हो? भन्ने प्रश्न मा  उहाले फोनमा  भन्नु भयो पैसा भन्ने चिज मान्छे लाइ जति भए पनि पुग्दैन आफुसंग जति छ अहिले सम्म जति कमाए त्यसैलाई नेपाल गएर राम्रो ठाउमा लगानी गरेर केहि गर्ने सोचाई छ प्रदेशमा कति दुख गरि राख्नु आफुले १ बित्ताका छोडेर आएका छोरा छोरि आफु भन्दा ठुला भैसके तिनीहरुलाई पनि आफ्नो सस्कार सिकाउनु पर्योनी आफ्नो छत्र छायामा हुर्काउन नपाएपनि केहि बाटो त देखाइदिनु पर्योनी अनि हामि पुराना गएपो नयाले अवसर पाउलान नि हामि यहाँ भएका नजाने हो भने ति १५ हजारले कहिले पालो पाउने त्यसैले म नेपाल जादै छु  
Read More

उहाको प्रत्यक्ष अभाब म्याग्दी समाज समितिलाई सदैब रही रहने छ| उहाको योगदानलाइ म्याग्दी समाज समितिले  सिरोधार्य गर्दै लैजाने छ र  सदैब सम्झी रहने छ उहा जहा रहेपनि म्याग्दी समाज समिति दक्षिण कोरिया सदैब उहाको सल्लाह सुझाब र सहयोगको अपेक्षा राख्दछ उहाको आगामी नेपाल बसाइ सदैब  सुखद रहोस |
उहा संग संगै बसेर कुराकानीका साथै भेटघाट गर्ने कार्यक्रम भएकाले म्याग्दी समाज समितिमा आबद्द सम्पूर्णलाई निम्न मिति र समय मा उपस्थित भैदिनु हुन् हार्दिक अनुरोध गर्दछौ |
मिति :-  २०११ डिसेम्बर २४ तारिख सनिबार 
समय :-  बेलुकी ७ बजे 
स्थान :- पछि तोकिने 
सम्पर्क :- ०१०८६८२३५६५
               ०१०२३८८८४१०
               ०१०९८१९१९४६  

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP