भुप अध्यक्ष स्वर्गिय बिरु रोकाज्युको सम्झनामा........................

December 5, 2011

भरत तुलाचन, सउल कोरिया
गत साल डिसेम्बर ५ तारिख बिहान ६ बजे, अर्थात ठीक आजकै दिन एकाबिहानै मोबाईलमा बजेको अशुभ घण्टीले मस्त निन्द्रामा रहेको मलाई बिउंझाईदियो । निन्द्रा भित्र एकाबिहानै बजेको मोबाईलको अशुभ दोश्रो घण्टीमै फोन उठाएं । म्याग्दी समाजका अध्यक्षले फोन गर्नु भएको रहेछ , उठाउंदा साथ उहांले भन्नु भयो - स्वल्टी ! बरबाद भो बिरु दाई उठेनन रे -
म कराएं , हंऽऽऽऽऽऽ के भनेको ? मैले सोधें ................ (झट्ट सुन्दा निन्द्राबाट बिउंझिनु भएको छैन कि जस्तो लाग्यो) उताबाट पुन आवाज आयो, बिरु दाई सिद्दिए रे....
मलाई गत चार बर्ष अगाडी स्वर्गिय रोशन शाही ऊईजंबु को धक्केरी मा सुतेको सुत्यै भएको घटना याद आयो । जुन घटना हुंदा म र स्व. बिरु रोका ज्यु (बिरु जेठान) संगै थियौ । उहांलाई अघिल्लो दिन प्रशान्त तामाङको कार्यक्रम हेरेर संगै फर्कदै बोमसाल (रुघाको कामज्वरो ) भएको थियो । ओछ्यान् मै  बिहान ७ बजे तिर उहांको मोबाईलमा फोन आयो , उताबाट दिपक खड्काले दाई रोशन त सुतेको सुत्यै भएर अस्पताल पुर्याई सकेको खबर आयो । उहां दुई दिन अगाडी सम्म म्याग्दी समाजका अध्यक्ष रहनु भएकोले पनि सायदै उहांलाई नै पहिलो फोन आएको थियो । हतार हतार राजधानी सउलबाट ट्याक्सी चढेर हामी धक्चङनी अस्पताल गएको सम्झना ताजै थियो ।
त्यो बिहान फोनमा सुनिएको आवाजले म भावविह्हल भएं । तुरुन्त रुम पार्टनर साथीहरुलाई फोन लगाए‌ ।  रुममा प्रहरीहरु र ११९ का कर्मचारीहरु आई सकेका रहेछन । मृत शरिरलाई क्षणभरमै अस्पताल पुर्याईने जानाकारी पाएं ।  आखिर जे हुनु भईसकेको रहेछ ।
आज  पुन: उहांको याद आयो , यो बिदेशी भूमिमा म र उहां बीचको सम्बन्ध यति आत्मिय र अगाढ थियो कि सायदै त्यो म बर्णन गर्नै सक्दिन ।  Read More
कोरियाली भूमिमा बिरु दाईको नामले प्रचलित उहांलाई नचिन्ने पनि कमै थिए । कसै संग शत्रुता नराख्ने, मिलनसार स्वभाव र सहयोगी भावनाले भरपूर उहांले काम नपाएका पुर्व मेची देखि पश्चिम महाकाली सम्मका जो सुकै नेपाली दाजुभाई वा दिदी बहिनी होस् कामको खोजी र वासको जोहो गरिदिनु हुन्थ्यो । कोरिया प्रबेश भए देखिनै समाज सेवा प्रति रुचि राख्नु भएकै कारण कोरियाली भूमिमा रहेका सम्पु्र्ण म्याग्देलीहरुको साझा चौतारी म्याग्दी समाज समितिको स्थापना हुनुमा उहांको उल्यख्य भूमिका र बृहत योगदान रहेको छ । म्याग्दी समाजमा तीन कार्यकाल सम्म उपाध्यक्ष पदमा कार्यरत रहंदा आफ्नो पदिय जिम्मेवार कुशलता पुर्वक निभाउनु भए पश्चात सन २००६ सालको फे्ब्रअरीबाट अध्यक्ष पदमा चुनिनु भई आफनो पदिय जिम्मेवार सफलताका साथ निभाउनु भएको थियो ।
पद मुक्त भए पश्चात पनि म्याग्दी समाजको सल्लाहकारको रुपमा रहनुनु भएको उहां समाजको हरेक कृयाकलापमा सकृय रहिरहनु भएको थियो । आफ्नो कार्यकालमा नेपालबाट कलाकार ल्याएर बृहत सांस्कृतिक कार्यक्रम गर्ने चाहाना हुंदा हुंदै पनि रोलक्रमको कारण म्याग्दी समाजले गतसालको फेब्रुअरीमा मात्र कार्यक्रमको आयोजना गर्ने क्रममा थियो । म्याग्दी समाजले गत साल फेब्रुअरीमा पर्ने कोरियाको महान दोश्रो पर्व सलनालमा कार्यक्रम गर्न पाउने घोषणा हुंदा कामको ब्यस्तताले घोषणा स्थलमा उपस्थित हुन नसके पनि फोन मार्फत जानाकारी पाए पछि सांझ उईजङबुबाट राजधानी सउलको तोङदेमुनमा साथीभाईहरु संगै खुशियाली मनाउन आईपुगेकोले उहांमा समाज प्रति कति मायां र आस्था थियो भन्ने सहजै बुझ्न सकिन्छ । कार्यक्रमको लागि नेपालबाट ल्याउने कलाकारहरुको छनोट प्रकृया पूरा गरि सोही हप्ता नयां कामको लागि राजधानी सउल देखि ४ घण्ट टाढा पुग्नु भएको उहां, पगेकै रात सुतेको ठाऊंबाट कहिल्यै उठ्नु भएन ।
आज उहांले यस धर्तिलाई छोडेर गएको ठीक १ बर्ष पुगेको छ । उहांको बार्षिक पुण्यतिथिमा उहांको आत्माले चिर शान्ति पाओस् ।  (उक्त दिनको घटना बिबरण पढ्न भित्र जानुस)

          


  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP