दुबै हात गुमाएकी म्याग्देली चेली लिला रामजालीको सहयोगार्थ ५० लाख ओन भन्दा बढि संकलन

January 24, 2012

म्याग्दी जिल्ला कुंहु गाबिसबाट ईपियस भीषा मार्फत कोरिया आई कार्यरत रहंदा कम्पनीको मेशिनमा दुबै हात परि दुबै हातको पन्जा लगाउने भाग सम्म गुमाउन पुगेकी बर्ष २३ की लिला रामजालीको सहयोगार्थ म्याग्दी समाज समिति दक्षिण कोरियाले शुरु गरेको चन्दा सहयोग संकलन कार्य सन्तोष जनक रुपमा अगाडी बढिरहेको छ । कोरियाली महान पर्व सलनालको अबसरमा कोरिया स्थित गोरखा परिवार र मुस्ताङ परिवारले आयोजना गरेको सांस्कृतिक कार्यक्रमबाट हजारौ प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले सहयोग गरेका छन । जसमध्य, पहिलो दिनको गोरखा परिवारको कार्यक्रमका हजारौं दर्शकहरुबाट:- २० लाख २१ हजार ३०० ओन र दोश्रो दिन सम्पन्न मुस्ताङ परिवारको कार्यक्रमका हजारौं दर्शकहरुबाट:- २४ लाख २७ हजार ८०० ओन गरि दुई दिनको कार्यक्रमबाट जम्मा:- ४४ लाख ४८ हजार १०० ओन संकलन गरिएको छ । कोरियामा रहेका हरेक म्याग्देलीहरुलाई न्युनतम २०,००० वनको दरले अनिबार्य गराईएकोले हाल संकलित र संकलन हुन बांकी रकमलाई यथासिघ्र छिटो संकलन गरि बिरामीलाई हष्तान्तरण गरिने छ ।  साथै चन्दा संकलन कार्यमा सहयोग गर्नु  हुने चेलीबेटी लगायतका कार्य समितिका पदाधिकारीहरुलाई म्याग्दी समाजका नव नियुक्त अध्यक्ष श्री भरत तुलाचनले हार्दिक धन्यबाद ब्यक्त गर्नु भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP