लिला बैनीको कम्पनी मालिक द्वारा सहमतिय आधारमा अगाडी जान आग्रह

April 5, 2012

भाग्यले ठगेकी म्याग्देली चेली लिला रामजालीले काम गर्ने कम्पनीको मालिकबाट क्षतिपूर्तिको लागि कानुनी रुपमा भन्दा सहमतिय आधारमा अगाडी गए म र लिला दुबैको लागि राम्रो हुन सक्ने बताउंदै सहमतिको लागि बार्ता गर्न अनुरोध गरिएको छ। मालिकको अनुसार क्षतिपुर्तिको लागि कानुनी रुपमै जानु पर्छ भने बिमा रकम हात पारे पछि मात्र जांडा लिलाको लागि दोहोरो फाईदा हुन सक्छ । दुर्घटना पछिका केहि महिना सुस्ताएको मालिकले बेवास्ता गर्दै जान थाले पछि  कानुनी रुपमा अगाडी जान  पुसान एन सिसीका अध्यक्ष श्री एल वी बिष्ट ज्युको सकृयतामा  वकिलहरु मार्फत मुद्दाका सम्पूर्ण मिशिलहरु  तयार भई  अदालतिय कार्यवाही हुन बांकी  रहंदा मालिकबाट  सहमतिय आधारमा अगाडी जान अनुरोध गरिएको हो ।  यस बिषयमा नक्कली हात राख्न देखि क्षतिपूर्तिको लागि मालिक संग प्रत्यक्ष रुपमा  बार्गेइनिङ गर्दै आउनु भएका पुसान एन सिसीका अध्यक्ष श्री एल वी बिष्टज्यु भन्नु हुन्छ- वकिलले फोन गरेर तर्साईदिए पछि  मालिक ट्रयाकमा आएको हो ,  यो स्वागत योग्य कुरा भएपनि कानुनी रुपमा जानको लागि हाल सम्म गरिएको तयारीलाई बदर गर्दा वकिलहरुको लागि  हाम्रो बिश्वासमा तुषारापात आउन सक्छ उहांले प्रष्टयाउंनु भयो ।  
मालिक,लिला बैनी र पुसान एनसिसीका अध्यक्ष श्री एल बी बिष्ट संगको फोन बार्ताको आधारमा--

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP