अप्रील २२ तारिख आईतबार म्याग्दी समाज नवौं कार्य समितिको बेशेष बैठक बस्ने

April 12, 2012

म्याग्दी समाज नवौ कार्य समितिको बिशेष बैठकको लागि अप्रील २२ तारिख आईतबारको दिन तय गरिएको छ ।  बैठकले सदरमुकाम बेनी स्थित  आकष्मिक कक्ष निर्माण समिति संग प्रत्यक्ष सम्पर्क गरि कूल लागतको यकिन र आबश्यक सामाग्री खरिद गर्नको लागि आबश्यक पहिलो किष्टाको बारेमा  निर्क्यौल गर्दै म्याग्दी रनिङ कप २०१२ को बिशेष तयारी लगायतका अन्य थप महत्वपूर्ण बिषयहरु माथि छलफल गर्ने छ । तल उल्यखित स्थान,मिति र समयमा कार्यकारिणी सदस्यहरु,खेलकूद समितिका सम्पूर्ण सदस्यहरु,सल्लाहकार सदस्यहरु लगायत साधारण सदस्यहरुलाई यसै सूचनालाई आधार मानि उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गरिन्छ । साथै उक्त दिन खोटाङ सेवा समाजको हलेसी रनिङ कपको गोलापोला कार्यक्रम तोङदेमुनमा  सम्पन्न हुने  भएकोले दिनको ११ बजे भित्र उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गरिन्छ ।
स्थान-छेगि श्टेसन गेट नं. ५
मिति-२०१२-४-२२
समय- दिनको ११:००------२:००

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP