मे २० तारिख आईतबार म्याग्दी रनिङ कपको अन्तिम तयारी बैठक बस्ने

May 14, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले  आगामी जुन ३ तारिख आईतबार आयोजना गर्न लागेको म्याग्दी रनिङ कपको अन्तिम तयारी गर्न  यसै हप्ताको आईतबार अर्थात मे २०  तारिख आईतबारको दिन तय गरिएको छ । बैठकले म्याग्दी रनिङ कप २०१२ को  अन्तिम तयारीको बारेमा बृहत छलफल  गर्दै आयोजनाको लागि कार्य बिभाजन गर्ने छ ।  म्याग्दी रनिङ कप २०१२ लाई सफल पार्न महत्वपूर्ण यस बैठकमा उपस्थित हुन तल    उल्यखित स्थान,मिति र समयमा कार्यकारिणी सदस्यहरु,खेलकूद समितिका सम्पूर्ण सदस्यहरु,सल्लाहकार सदस्यहरु लगायत साधारण सदस्यहरुलाई  हार्दिक अनुरोध गरिन्छ ।


स्थान-छेगि श्टेसन गेट नं. ५
मिति-२०१२-४-२२
समय- दिनको १२:०० बजे ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP