आज पुन: नेरु दुई लाख पठाईयो , जेष्ठ १ गते देखि आकस्मिक कक्ष निर्माण कार्य शुरु गरिने,

May 9, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाको पहलमा निर्माण हुन लागेको  म्याग्दी अस्पतालको आकस्मिक कक्ष जेष्ठ महिनाको १ तारिख अर्थात  आगामी हप्ता १४ तारिख सोमबार देखि  सुरु गरिने भएको छ । बेनी बजार स्थित आकस्मिक कक्ष निर्माण समितिका  अध्यक्ष श्री टेक बहादुर पुनको अनुसार गत आईतबार बसेको बैठकले जेष्ठ महिनाको १ तारिख देखि सुरु गर्ने निर्णय गरेको छ । गत हप्ता नेरु ४ लाख प्राप्त भई सकेकोले हाल निर्माण सामाग्री जुटाई रहेका छौं , उहांले भन्नु भयो । हिजो पठाईएको थप २ लाख रुपैयां समेत बैंक खाता मार्फत बेनी आई सकेको जानाकारी पनि दिनु भयो । यता समाजको तर्फात  निर्माण कार्य शुरु भएको केहि दिनमै तेश्रो किष्टा स्वरुप करिव ५ लाख रुपैयां पठाउनु पर्ने छ । म्याग्दी रनिङ कपमा खोलिने गरि समाजले म्याग्देलीहरुलाई अनिवार्य गरिएको  चिनो लोट्टेरीको रकम लोट्टेरी पछाडी रहेको बैङक खातामा पठाई दिनु हुन कोरियामा कार्यरत म्याग्देलीहरुमा हार्दिक अनुरोध छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP