जुन ३ तारिख आईतबार म्याग्दी रनिङ कपको आयोजना गरिने

May 7, 2012


म्याग्दी समाज समिति दक्षिण कोरियाले मे २७ तारिख आईतबारको दिन आयोजना गर्ने गरि सु सुचित गराईएको म्याग्दी रनिङ कप २०१२ जुन ३ तारिख आईतबारको दिनको लागि मिति सारिएको छ । मे २७ तारिख आईतबार नेपाल कोरिया ब्यापार संघले सांस्कृतिक कार्यक्रमको आयोजना गर्न गरिएको तयारी संगै हिजो आईतबार म्याग्दी समाज नवौं कार्य समितिको अनौपचारिक बैठकको छलफलले जुन ३ तारिखको लागि म्याग्दी रनिङ कपको लागि नयां मिति तय गरेको हो । साथै संघ संस्थाहरु संगको हातेमेलो र एकापसमा सहयोगको भावनालाई शिरोपर गर्दै समाजको तर्फबाट नेपाल कोरिया ब्यापार संघले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको पूर्ण सफलताको कामना समेत गरेको छ ।
तर ३ तारिख आईतबार समेत नेपाल बौद्द परिवार दक्षिण कोरियाको आयोजनामा सम्पन्न हुन गई रहेको स्वर्गिय आमा ली गुम ह्यनको ४९ सौ पुण्य तिथीमा श्रद्दान्जलि सभा संग पुन: जुध्न पुगेकोले उक्त श्रद्दान्जलि सभालाई समेत असर नपर्ने गरि ब्यबस्था मिलाउन सकिने सहमति नेपाल बौद्द परिवार दक्षिण कोरियाका अध्यक्ष श्री ईश्वर गुरुङ ज्युसंग भई सकेको छ ।
जुन ३ तारिख आईतबार राजधानी सउलको माङवलसा स्थित सिनहोङ कलेजको खेल मैडानमा आयोजना गरिने म्याग्दी भलिबल रनिङ कपलाई -मिनि म्याग्दी महोत्स्वब- को रुपमा बिकास गर्दै लैजाने सोंच अनुसार हाल सम्म भएका आयोजनाहरु भन्दा केहि भिन्न रङ दिने तयारी भई रहेको छ । कार्यक्रममा उपस्थित दर्शक माहानुभावहरुलाई थप मनोरन्जन दिलाउन नेपाली परम्परागत रिङ खेल, भाग्यको चक्का लगायतका मनोरन्जनपूर्ण खेलहरु समाबेश गरिएको छ । सेलरोटी सहितको खाजा ब्यबस्थामा समेत अझ नेपाली पन झल्काउन नेपालबाट ४०० थान झिनिया रोटी कोरिया ल्याई सकिएको छ ।
स्मरणिय रहोस, म्याग्दी समाज समिति दक्षिण कोरियाको पहलमा सदरमुकाम बेनी बजार स्थित म्याग्दी अस्पतालको आकस्मिक कक्ष नेरु १५ लाख रुपैयां को लागतमा निर्माण कार्यलाई अगाडी बढाई सकिएको छ । पुर्णतया, म्याग्दी अस्पतालको आकस्मिक कक्ष निर्माण सहयोगार्थ रहने म्याग्दी रनिङ कप २०१२ मा कोरियामा कार्यरत रहनु भएका सम्पृर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP