यसै हप्तादेखी आकस्मिक कक्षको निर्माण कार्य शुरु , आज निर्माण कार्यसामितिको बैठक बस्दै

May 4, 2012

बाबुराम शर्मा,सौल 
म्याग्दि समाज दक्षिण कोरियाको पहलमा म्याग्दी जिल्ला अस्पतालमा बन्न लागेको आकष्मिक कक्षको निर्माण कार्य यसै हप्ता देखि शुरु हुने भएको छ। सो निर्माण कार्यका लागि शुरु गर्न चाहिने आबश्यक रकम पहिलो किस्ता स्वरुप रु ४ लाख पठाइ सकिएकोले सो भबनका लागि चाहिने आबश्यक सामाग्रि जुटाई यसै हप्ताबाट निर्माण कार्य शुरु गर्ने निर्माण कार्य समितिका अध्यक्ष श्री टेक बहादुर पुन ले फोन गरेर जानकारि दिनु भएको छ । सो निर्माण कार्यका लागि आजै निर्माण कार्य  समितिको बैठक बस्न लागेकोसमेत जानकारि दिनु भएको छ। आज बस्ने बैठकमा निर्माण सामाग्रि खरिद र निर्माण कार्यअबधि भर रेखदेखको बारेमा छलफल हुनेछ।
स्मरण रहोस सो भबन बन्नको लागि रु १५ लाख लाग्ने अनुमान गरिएको छ। जसमा पहिलो किस्ता स्वरुप रु ४ लाख पठाईसकिएको र २ लाख यो ५ तारिख भित्र पठाउने तयारि भैरहेको छ। बाकि हुन आउने झन्डै रु ९ लाख यहि जुनको ३ तारिखमा हुन गईरहेको म्याग्दि रनिङ कप 2012 अर्थात म्याग्दी मिनि महोत्सबबाट साथै म्याग्देलि चिनो नामक चिट्टठाको माध्यम हुदै सम्पुर्ण म्याग्देलि र पर्वत मल्लाजि हरुलाई समेटेर गरिएको अनिवार्य ५०००० ओन बाट संकलन गर्ने लक्ष लिइएको छ। क्रमश.....
समाज सेवा गर्न सजिलो छैन र एकल्लै संभब पनि छैन तसर्थ हजुर हामि सबै मिलेर आफ्नो गाउ ठाउमा रहेको समस्यालाई समाधान गर्नुपर्छ। समाज सेवामा नेतृत्व गर्ने मान्छे माध्यम मात्र हुन स्रोत भनेको समाजमा बसोबास गर्ने सबै तह तप्का बर्गका मानिस हरुनै हुन तसर्थ यो हाम्रो म्याग्दी समाज समिति दक्षिण कोरियाको पहलमा थालिएको म्याग्दि जिल्ला अस्पताल सहयोगार्थ आकष्मिक कक्ष निर्माण योजनालाई सफल पार्नु तपाई हामि सबैको कर्तब्य हो । आउनुहोस हातेमालो गरेर सँगै अगाडि बढौ हजुरको १ दिनको कमाइले १५ लाखको भबन तयार हुन्छ र नेपालम हुनु हुने हजुर हाम्रै बुबा आमा दाजु भाइ दिदि बहिनि इष्ट मित्रले भबन अभाबमा खुल्ला आकाश मुनि बसेर उपचार गर्ने बाध्यता हट्छ भने यो पुण्य कार्यमा तपाईको सहभागिता अपरिहार्य छ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP