धेरै आशा र ठोरै निराशा सहित टुंगियो हलेसी रनिङ कपमा सहभागिता

May 1, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले आईतबार सम्पन्न हलेसी रनिङ कपमा जनाएको सहभागितामा आगामी दिनको लागि धेरै आशा र सोहि सहभागिताको लागि केहि निराशा सहित टुंगिएको छ । म्याग्दी टीमले पहिलो खेलमै स्याङजा टीम सित हार बेहोर्नु परेता पनि नयां भित्रिएका उतकृष्ट म्याग्देली खेलाडीहरुको खेल कौशलले आगामी आयोजनाहरुको लागि नयां आशा पलाएको छ । -सजिलै जित्न सकिने खेल हारियो- टीममा सहभागि एक जना नयां खेलाडीले भने ।  हार बेहोर्नुको मुख्य कारण नयां खेलाडीको खेल कौशल अनुसार जिम्मेवारी  दिन नसक्नु हो ।  खेलमा -रेफ्रीले गरेको अन्यायले करिव सिमा नाघेको थियो -  एक जना दर्शकको गुनासो थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP