नयां ईतिहास रच्दै भब्यताको साथ सम्पन्न भयो म्याग्दी रनिङ कप २०१२

June 4, 2012

कोरियाली भूमिमा सर्बप्रथम भलिबल खेलको शुरुवात गरि उदाहरणिय बनेको म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्दी रनिङ कप २०१२ बृहत दर्शकहरुको उपस्थितमा अति भब्यताका साथ  सम्पन्न भएको छ । ३ तारिख आईतबार सम्पन्न आयोजनामा गोरखा परिवार,कास्की परिवार, थप बिबरण र तस्बिरहरु...
 म्याग्दी समाज समिति(बी) ,पर्वत सेवा समाज, स्याङजा परिवार (ए) ,गुल्मी सम्पर्क समिति,तनहुं प्रवासी उद्दार समिति, बाग्लुङ सम्पर्क समिति (सेतो),नमस्ते पाल्पा, खोटाङ सेवा समाज,नेपाल मगर संघ,सुदुर पश्चिम समाज,म्याग्दी समाज(ए) ,बाग्लुङ सम्पर्क समिति (निलो) ,स्याङजा परिवार- (ए) र एम टि यु गरि १६ टीमको सहभागिता रहेको थियो । आयोजनामा  एम टि युले स्याङजा ए म्याग्दी समाज समिति ए र फाईनलमा पुगेको पर्वत सेवा समाजलाई पछि पार्दै प्रथम स्थान हांशिल गर्न सफल भएको छ भने पर्वत सेवा समाज द्दितिय भएको छ । बाग्लुङ सम्पर्क समिति र नेपाल मगर संघ बिच भएको तेश्रो स्थानको लागि भएको गोला नतिजा अनुसार नेपाल मगर संघले आयोजनामा तेश्रो स्थान हात पार्न सफल भएको छ ।
सजिसजाउ गरिएको आयोजना स्थलमा म्याग्दी समाज समिति दक्षिण कोरियाले कोरियाली भूमिमै सम्भवत: पहिलो पल्ट समाबेश गरेको भाग्यशाली चक्का र नेपाली परम्परागत रिङ खेलको साथै खसीको मासु, सेलरोटी, झिनियां रोटी सहितको खाजा ब्यबस्थामा थपिएको नयांपनले म्याग्देली सकृयतालाई अझ नजिकबाट चिन्ने मौका पाए दर्शकहरुले । प्रतिष्प्रर्धात्मक भलिबल खेल सहित भाग्यशाली चक्का र नेपाली परम्परागत रिङ खेलले उपस्थित हजारौं दर्शकहरुलाई पूर्ण रुपमा मनोरन्जन दिलाईदियो ।




भलिबल फाईनल खेल पश्चात पुरस्कार बितरण समारोहको आयोजना गर्दै म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष भरत तुलाचन, म्याग्दी समाज खेलकूद अध्यक्ष मुक्त केसी र भुपु अध्यक्ष तथा बर्तमान सल्लाहकार नर बहादुर पुनले संयुक्त रुपमा भलिबल खेलमा प्रथम हुने टीमलाई कप , नगद पुरस्कार र प्रमाण पत्र तथा द्दितिय र तितृय हुने टीमलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । आयोजनामा पर्वत टीमका शुर्य बिकलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP