म्याग्दी रनिङ कप २०१२ मा करिव २ करोड ओन बराबरको कारोबार गर्न सफल

June 6, 2012

सदर मुकाम बेनी बजार स्थित म्याग्दी अस्पताल परिसरमा निर्माण भई रहेको आकस्मिक कक्षको सहयोगार्थ म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्दी रनिङ कप २०१२ लाई ऐतिहांसिक सफलताका साथ सम्पन्न गर्दै आयोजनामा करिव २ करोड ओन बराबरको कारोबार गर्न सफल भएको छ । भलिबल टीम दर्ता शुल्क, चिनो म्याग्देली लोट्टेरी, सेलरोटी बिक्री बितरण, परम्परागत रिङ खेल संचालन,भाग्यको चक्का (Wheel of  Fortune) र चन्दा सहयोग आदिबाट उक्त कारोबार गर्न सफल भएको हो । आकस्मिक कक्षको निर्माण कार्यलाई लक्षित गर्दै   गरिएको यस आयोजनामा भएको  सम्पूर्ण  आय- ब्ययको बिबरण अब छिट्टै  बस्ने कार्य समितिको बैठकले तय गर्ने छ ।
एम टि यु र लभ ईन नेपालबाट म्याग्दी समाज समितिलाई आर्थिक सहयोग
म्याग्दी रनिङ कपमा प्रथम स्थान हांशिल गर्ने प्रवासी मजदूरहरुको सहयोगी संस्था एम टि युको तर्फबाट १००,००० ओन र  लभ ईन नेपाल दक्षिण कोरियाबाट समाजलाई ५१,००० ओन आर्थिक सहयोग प्रदान भएको छ । स्मरणिय रहोस, प्रवासी मजदूरहरुको सहयोगी संस्था एम टि युलाई म्याग्दी समाज समिति दक्षिण कोरियाले बिना प्रवेष शुल्क रनिङ कपमा सहभागि गराएको थियो । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP