म्याग्दी समाज स्याङजा परिवार सित आयोजनाको पांचौ खेलमा प्रतिष्प्रर्धा गर्ने

July 22, 2012

यसै हप्ताको २९ तारिख आईतबार नेपाल मगर संघको आयोजनामा सम्पन्न हुन गईरहेको लखन थापा स्मृति रनिङ कप २०१२ मा म्याग्दी समाज समिति A पोलबाट आयोजनाको पाचौं खेलमा स्याङजा परिवार सित  प्रतिष्प्रर्धा गर्ने भएको छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले आज राजधानी सउलको दोङदेमुन स्थित फेवा मार्टमा आयोजना गरेको टाईशीट तयार कार्यक्रमको  नतिजा अनुसार पांचौ खेल स्याङजा परिवारलाई बिजय गर्न सकेमा वाईमा परेको नमस्ते पाल्पा संग भिड्नु पर्ने छ । अझ अगाडी बढेमा खोटाङ,मगर संघ  A ,एन आर एन र तनहुं बिचको खेलमा बिजयी टीम सित सेमि फाईनल खेल्नु पर्ने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP