म्याग्दी समाज समितिले बाढी पहिरो पिडितहरुको लागि आर्थिक संकलन गर्ने

July 23, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी जिल्लाको दोवा र भुरुङतातोपानी गाबिसमा गत असार  २९  गतेको बाढी पहिरोबाट पिडित परिवारहरुको लागि आर्थिक संकलन गर्ने भएको छ । हिजो आईतबार बसेको म्याग्दी समाजको अनौपचारिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले  कोरियामा रहेका म्याग्देलीहरु लगायत प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको लागि अनुरोध गर्दै संकलित रकमलाई जतिसक्दो छिटो पिडित परिवारलाई पठाउने निर्णय गरेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP