म्याग्देली भलिबल खेलमा लगातार तीन पटक दोश्रो उपाधी

September 10, 2012

यो बर्ष आयोजना गरिएका पांचैवटा रनिङ कपहरु कोरियामा रहेका म्याग्देलीहरुको लागि माछा आयो माछा आयो  भ्यागुटा कै ताल भयो । मतलब यस बर्षको लागि अन्तिम आयोजना अर्थात  हिजो आईतबार सम्पन्न गुल्मी सम्पर्क समितिको रेशुङ्गा कप  भलिबल प्रतियोगितामा समेत दोश्रो स्थान मै चित्त बुझाउनु पर्यो । गुल्मी संगको फाईनल खेलमा पहिलो सेट २८-२७ को अन्तरमा  हामीले कब्जा जमाउन सफल भएता पनि  दोश्रो र तेश्रो सेट २३-२४ को अन्तरले पछि  पर्दा यस बर्षको लगातार तेश्रो आयोजनामा पुन: दोश्रो स्थान हात लागेको हो । म्याग्दीलाई पुन: दोश्रो स्थान हात परे पनि यस पटकको  खेल प्रर्दशन निक्कै आशाजनक रह्यो । More....
किनकी गत जुलाई २९ तारिख नेपाल मगर संघको आयोजनामा  गुल्मी टीमले फाईनलमा म्याग्दीलाई पछि पार्न खासै कसरत गर्नु परेको थिएन । तर यसपटक  थप राम्रो खेलाडी थपेको गुल्मीलाई बिजयी हांशिल गर्न लगभग मुश्किलै पर्यो ।
कोरियामा रहेका सम्पूर्ण म्याग्देली खेलाडीहरुलाई खेल खेल्नबाट बन्चित नगर्ने रणनिति अनुरुप यसपाली म्याग्दी रातो र सेतो गरि दुई टीमको दर्ता गराईएता पनि कार्य ब्यस्तताको कारण खेलाडीहरुको अनुपस्थितिले म्याग्दी सेतो टीम भने पहिलो चरणमै कास्की सितको खेलमा बाहिरिन पुगेको थियो ।


                                                                                               म्याग्दी रातो
म्याग्दी सेतो

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP