कम्पनी मालिक्नीको दुर्ब्यबहारबाट एक जना म्याग्देली चेलीको हत्केला काटियो

September 2, 2012

गत तीन महिना अगाडी ईपिएस भिषा मार्फत कोरिया आई हाल क्योङगिडोको ओनाम म्यन स्थित एक कपडा कम्पनीमा कार्यरत B  नामकी म्याग्देली चेलीको हत्केलामा गम्भीर चोट लाग्न पुगि अस्पताल उपचारार्थ रहेकी छिन । हिजो शनिबार बिहान ९ बजे सदा झै काम शुरु गर्नै लाग्दा कम्पनी मालिक्नीको दुर्ब्यबहारबाट उनको हत्केलामा गम्भीर चोट लाग्न पुगेको हो । घाईटे म्याग्देली चेलीले दिएको जानाकारी अनुसार संधै गर्ने  कामको लागि आफूले प्रयोग गर्ने आप्चिमाको रसी कस्नै लाग्दा कम्पनी मालिक्नीले गाडीमा सामान अपलोड गर्न अनुमति दिएपनि गाह्रो काम भएकोले आफूले नसक्ने जानाकारी गराएपछि मालिक्नीले जबर्जस्ति आप्चिमाको रसी फुकालि दिन खोज्दा मालिक्नीको हातमा भएको खाल (फोल्डिङ वाला धारिलो हतियार) ले उनको हत्केलामा चोट लाग्न पुगेको हो । चोट लागे पछि लगातार रगत बगिरहेपनि मालिक्नीले करिव १० मिनेट सम्म पनि बेवास्ता गरेको र स्थिति नाजुक हुंदै गए पश्चात उस्लेनै दोङदुच्छन स्थित एक अस्पतालमा उपचारारार्थ पुर्याएको थियो । दिनको १ बजे तिर नजिक काम गर्ने नेपाली दाजुभाईहरुको सहारामा प्रहरीमा रिपोर्ट गरि मालिक्नी संग प्रहरीले गरेको एकोहोरो सोधपूछ पश्चात प्रहरीले उल्टै नेपाल जानु पर्ने , अर्को कम्पनीमा सर्न नपाईने जस्ता धम्कीहरु दिएर गएको समेत बताईन ।
अब के होला त ? 
आज आईतबार करिव १ बजे तिर बिदेशी मजदूरहरुको हितमा काम गर्ने राजधानी सउलको बुल्ग्वाङ Read More.....
 डोङ  स्थित माईग्रान्ट ट्रेड युनियन्सको  कार्यालयमा पुगि घटना बिबरण र कम्पनीले संधै गर्ने दुर्ब्यबहार सहितको स्पष्ट बिबरण  पेश गर्दै सहयोगको लागि अनुरोध गरियो । सोही कार्यालय मार्फत कम्पनी बिरुद्द मुद्दा दायर गर्ने सम्पूर्ण तयारी भई सकेको छ । तर मुद्दा दायर गर्नु पुर्व कम्पनी मालिक सित प्रत्यक्ष फोन सम्पर्क गरि सहमतिमा जाने सल्लाह गर्ने निधो गर्दै माईग्रान्ट ट्रेड युनियन्सका प्रतिनिधि फाक जिन वुले मालिक सित फोन सम्पर्क गरि हाल कोरियाको ईपिएस सम्बन्धि प्रचलित कानुनको बारेमा जानाकारी गराउंदै मालिकको मनशाय बुझ्ने प्रयास गरिएको थियो । मालिकले घाईटेको उपचार गरि दिने र तन्दुरुष्ट नहुंदा सम्म खाईपाई आएको सबै तलब दिने र पछि आबश्यक परे कम्पनी परिबर्तनको अनुमति दिने  बाचामा हाललाई मुद्दा दायर प्रकृयालाई स्थगित गरिएको छ । तर आगामी १ हप्ता १५ दिन सम्म पनि कम्पनी मालिकको बेवास्ता र दैनिक कृयाकलापमा समस्या देखिएमा पुन: मुद्दा दायर गर्ने गरि सम्पूर्ण तयारी पूरा गरिएको छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP