म्याग्दी जिल्ला बिम गाबिस स्थित बिमबाट गत छ बर्ष अगाडी कोरिया आई आफूलाई एक सफल ब्यबसायीको रुपमा स्थापित गर्न सफल चौतारी नेपालका संचालक श्री ओम नारायण जुग्जालीबाट म्याग्दी समाजका भलिबल टीमलाई आबश्यक नौ सेट भलिबल युनिफर्म उपलब्ध गराउनु हुने भएको छ । बिगतमा समेत म्याग्दी समाज समितिलाई आर्थिक भौतिक तथा नैतिक रुपमा सहयोग र समर्थन गर्दै आउनु भएका ब्यबसायी जुगजालीले यस पटक भलिबल टीमलाई आबश्यक नौ सेट भलिबल युनिफर्म उपलब्ध गराई सहयोग गर्ने घोषणा गर्नु भएको हो । हाल उईजंबु स्थित खारबी एरियामा आफ्नो ब्यापार ब्यबसाय गरि रहुनु भएको उहांलाई म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक धन्यबाद दिन चाहान्छ ।