भलिबल खेलाडी भबिन्द्र पुन छ बर्षे कोरिया बसाई पश्चात स्वदेश प्रस्थान

September 12, 2012

म्याग्दी समाज खेलकूद उपाध्यक्ष तथा भलिबल खेलाडी भबिन्द्र पुन आफ्नो  छ बर्षे कोरिया बसाईको १० तारिख सोमबार  स्वदेश प्रस्थान गर्नु भएको छ  । उहां गत २००६ मा ईपिएस भीषा मार्फत कोरिया आई कार्यरत हुनुहुन्थ्यो । ६ बर्षे ईिपएस अनुमति समाप्त भए पछि सोमबार  स्वदेश प्रस्थान गर्नु भएको हो । कोरिया रहंदा लगातार  म्याग्देली भलिबल खेलाडीको रुपमा सहभागि हुनुको साथै    म्याग्दी समाज खेलकूद बिभागमा रहेर कुशलता पुर्वक आफ्नो जिम्मेवारी निभाउनुको साथै म्याग्दी समाजलाई अगाडी बढाउन बिशेष सहयोग पुर्याउनु  भएको थियो ।
अनौपचारिक बिदाई कार्यक्रमको आयोजना
म्याग्दी समाज खेलकूद उपाध्यक्ष तथा भलिबल खेलाडी भबिन्द्र पुन स्वदेश प्रस्थान गर्नु हुने भएपछि   म्याग्दी समाज समिति दक्षिण कोरियाको तर्फबाट Read More.... 
  गत आईतबार गुल्मी सम्पर्क समितिले  आयोजना गरेको भलिबल खेल प्रतियोगिता स्थलमा अनौपचारिक बिदाई कार्यक्रमको आयोजना गरिएको थियो  ।    कार्यक्रममा उहांलाई समाजको तर्फबाट  पशंसा पत्र र बिशेष उपहार प्रदान गरिएको थियो । बिदाई समारोहको अनौपचारिक कार्यक्रममा उपस्थित म्याग्देलीहरुले  सफल यात्राको कामना गरे ।  म्याग्दी समाजका अध्यक्ष भरत तुलाचनको सभापतित्व र खेलकूद बिभागका अध्यक्ष मुक्तमान केसी, टीम क्याप्टेन झलक आचार्य र सल्लाहकार ओम जुग्जालीको बिशेष आतिथ्यमा सम्पन्न अनौपचारिक कार्यक्रमको संचालन सह सचिव कर्ण पाईजाको रहेको थियो । 

                                    
 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP