आज सांझ आयोजना हुने तीज कार्यक्रमको अन्तिम तयारी तिब्र गतिमा हुंदै

September 15, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले आज सेप्टेम्बर सांझ ९ बजे देखि हरितालिका तीज २०१२ को सुखद उपलक्ष्यमा कोरियामा रहेका म्याग्देली चेलीबेटीहरुको सम्मानमा आयोजना गर्न गईरहेको दरखाने कार्यक्रम औपचारिक रुपमा सम्पन्न हुंदैछ ।  कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न  अन्तिम तयारी तिब्र गतिमा भई रहेको छ । राजधानी सउलको दोङदेमुन  स्थित नमस्ते रेष्टुरेण्टमा आयोजना गरिने  आज सांझको  तीज कार्यक्रममा उपस्थित हुन सम्पूर्ण म्याग्देलीहरुलाई सु सुचित गरि सकिए अनुसार  कोरियाको राजधानी सउल देखि बाहिर रहेका थुप्रै म्याग्देलीहरु सउलको लागि हिंडि सकेको खबरहरु आईरहेका छन भने राजधानी सउलमा रहेका म्याग्देलीहरु कार्यक्रमको अन्तिम तयारीमा जुटि रहेका छन ।    सांझ ठीक ९ बजे देखि १० बजे सम्म  दरखाने कार्यक्रमको औपचारिकता  पूरा गरि दोश्रो चरणको खानपिन र तीजको गीतमा नाचगान गरिने छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP