म्याग्देली भलिबल खेलाडी पुस्कल पुन र म्याग्दी समाजका सदस्य मोहन फगामी अस्पतालमा

December 17, 2012

 म्याग्देली भलिबलका कुशल खेलाडी पुस्कल पुन कम्पनी दुर्घटनामा परि अस्पतालमा भर्ना भएका छन । गत केहि दिन अगाडी कम्पनीकै कामको सिलसिलामा दाहिने हातको चोर औंला मेसिनमा परि औंलाको फेद ९८% काटिए पछि   कम्पनीले तुरुन्त छङजु शहर स्थित अस्पतालमा पुरयाएको थियो । हाल चोट लागेको चोर औंलामा स्टील राखि उपचार भई रहेको छ । गम्भिर दुर्घटना भएको जानाकारी पाएपछि हिजो  आईतबार म्याग्दी समाजका अध्यक्ष  लगायतका पदाधिकारीहरु छङजु शहर स्थित हेन्दे अस्पतालमा पुगि बिरामीको स्थितिबारे जानाकारी लिईएको छ । अस्पताल श्रोट भन्छ- उनको चुंडिएको औंला पुन जोडिन करिव  ६ हप्ता अस्पताल बस्नु पर्ने छ ।  उक्त घटनाको बारेमा आजै वकिल संग परामर्श गरि  क्षतिपुर्तिको बारेमा समेत जानाकारी लिईएको छ । उता म्याग्दी समाजका सदस्य मोहना फगामी पनि गत हप्ता कम्पनीकै कामको सिलसिलामा हातको पन्जा थिचिन पुगि साधारण घाईते अबस्थामा  ईन्छन शहर स्थित  बोराम छङह्यङ उईख्वा उईवनमा (अस्पतालमा) रहेका छन । More-
राजधानी सउल देखि दुई घण्ट टाढा छङजु शहरको यस अस्पतालमा रहेका छन,बिरामी पुस्कल पुन

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP