म्याग्दी समाज समितिले नयां बर्षमा डान्स पार्टीको आयोजना गर्ने

December 10, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले नयां बर्ष २०१३ को सुखद अवसर पारेर  डान्स पार्टीको आयोजना गर्ने भएको छ । हिजो आईतबार राजधानी सउलको तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा बसेको कार्य समितिको पूर्ण बैठकले समाजको कोष निर्माणमा सहयोग पुर्याउन  नयां बर्षमा कोरियामा रहेका म्याग्देलीहरुलाई पूर्ण रुपमा भेला बनाई भब्य डान्स पार्टीको आयोजना गर्ने निर्णय गरेको हो । राजधानी सउलको तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा आयोजना गरिने डान्स पार्टीको लागि आबश्यक साउण्ड सिष्टम,आकर्षक लाईटिङको ब्यबस्था गर्ने गरि नमस्ते रेष्टुरेन्टको ब्यबस्थापन पक्षलाई अनुरोध गरि सकिएको छ । साथै  पार्टीमा नयां र पुराना पुस्टाका पारखीहरुलाई  धिट मरुन्जेल नचाउने खालका नेपाली, हिन्डी, ईङलीश र कोरियन गीतहरुका साथमा राती ११ बजे देखि  शुरु गरिने पार्टीमा   उपस्थित महानुभावहरुको चाहाना अनुरुप र मनोरन्जनको माहोल हेरि  समय लम्ब्याउन सकिने छ । कार्यक्रममा सहभागि हुनको लागि आगामी हप्ता देखि टिकट बितरण कार्य शुरु  गरिने छ । पार्टीमा सहभागि हुन रातको ११: ५० भित्र रेष्टुरेण्ट भित्र प्रबेष गरि सक्नु पर्ने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP