बिरामी केशव घर्तीको स्वास्थ्य अबस्था अति नाजुक, अर्को अस्पतालमा सार्ने तयारी

January 1, 2013

 ईपिएस भीषामा कोरिया आएको पांच महिनामै क्षय रोगको कारण कोरियाकै प्रशिद्द अस्पताल कोरिया युनिभर्शिटी अस्पतालमा भर्ना गरिएका म्याग्दी छिस्बाङका   केशव घर्तीको स्वास्थ्य अबस्थामा केहि अगाडी सम्म क्रमिक सुधार हुंदै  आएता पनि पुन अर्को समस्या देखा पर्न आएकोले अबस्था अति नाजुक र खतराको घेरामा रहेको जानाकारीमा आएको छ । हाल बिग्रिएको फोक्सोमा क्रमिक सुधार आएको भएपनि  हड्डीको समस्या भयानक छ । कुनै पनि बेला फुट्न सक्छ ।  हड्डी चर्किन शुरु गरे ज्यान जाने निश्चित छ । अस्ति शनिबार डाक्टरले दिएको वारेन्ट पछि   आज सोमबार हाल सम्मको रेकर्डहरु तयार गर्दै  अर्को अस्पतालको खोजि भै रहेको छ । कुरा रह्यो रकमको , उक्त अस्पतालमा हाल सम्म गरिएको  सम्पूर्ण खर्च भुक्तान गर्नु पर्ने छ । डाक्टरको भनाई अनुसार  अब लैजाने अस्पताल अत्यधिक महंगो हुने छ । यसै बिषयलाई लिएर यसै हप्ता म्याग्दी समाज समिति दक्षिण कोरियाको आपतकालिन बैठक बस्नु पर्ने देखिन्छ ।  

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP