जीबन मरणको दोसांधमा रहेका म्याग्देली भाईको जोखिम पूर्ण अबस्थामा उपचार गरिदै

January 27, 2013

ईपिएस भीषामा कोरिया आएको पांच महिनामै क्षय रोगको कारण अस्पतालमा थला परेका म्याग्दी छिैस्बाङका बिरामी भाई केशब घर्ती मगरको राजधानी सउलको दोङदेमुन शहर स्थित सउल छुङआङ कुकरीम उईरोवन अस्पतालमा जोखिम पूर्ण अबस्थामा उपचार गरिदै छ । कोरिया युनिभर्शिटी अस्पताल, बुल्ग्वाङडोङ स्थित सबुक अस्पताल हंदै गत मंगलबार राजधानी सउलको दोङदेमुन शहर स्थित सउल छुङआङ कुकरीम उईरोवन अस्पतालमा स्थानान्तर गरिएको छ । जहां भयाबह समस्या देखिएको हड्डी सम्बन्धि उपचार भई रहेको छ । मंगलबार बाट शुरु गरिएको उपचारको पहिलो चरण र अन्य अस्पतालको हाल सम्मको बील २५ लाख ओन र बिरामीको शारिरीक नाप अनुसार तयार गर्नु पर्ने (बोजोगे)को लागि ३८८,००० वन समेत यसै हप्ता भुक्तान गर्नु पर्ने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP