कोरियामा पुनः अर्का एक जना म्याग्देली अस्पतालमा, अबस्था चिन्ता जनक

April 20, 2013

बिरामी केशब घर्ती मगरको उपचार खर्च पुर्याउन हम्मे हम्मे परिरहेको अबस्थामा म्याग्दी जिल्ला कुंहु गाविसबाट ईपिएस भिषामा ३ बर्ष अगाडी कोरिया आई कार्यरत मिन गर्बुजा जन्डिज र अर्को एक भयानक रोगबाट ग्रसित भई हिजो शनिबार उपचारार्थ ऊईजङबु स्थित सङमो अस्पतालमा भर्ना भएका छन । बिशिष्ट श्रोट बताउंछ- उनको उपचार गर्न निक्कै कठिन छ । अन्य साना अस्पतालको प्रारम्भिक चरणकै चेकअपले डरलाग्दो रोगको लक्षण देखाई दिएको छ । हिजो शनिबार म्याग्दी समाजकै जिम्मेवारमा उनलाई ऊईजङबु स्थित सङमो अस्पतालमा भर्ना गरिएकोले थप चेकअप गरिए पछि मात्र बास्तबिक बिबरण बाहिर आउने छ । तर उनको शारिरीक अबस्था हेर्दा निक्कै ठूलो अप्रेशन गर्नु पर्ने संभावना देखिन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP