झलक आचार्यको संयोजन र मुक्त केसीको नेतृत्वमा म्याग्दी समाजले हलेसी कपमा भाग लिने

April 21, 2013


आगामी मे ५ तारिख आईतबारको दिन  खोटाङ सेवा समाज कोरियाले आयोजना गर्न लागेको हलेसी रनिङ कप २ मा म्याग्दी समाज खेलकूद समितिका सल्लाहकार झलक आचार्यको संयोजन र म्याग्दी समाज खेलकूद अध्यक्ष मुक्त केसीको नेतृत्वमा म्याग्दी समाज समिति दक्षिण कोरियाले दोश्रो सहभागिता जनाउने भएको छ ।  कोरियाली भूमिमा प्रवासी नेपालीहरु बिच हुने प्रतिष्प्रर्धात्मक भलिबल खेल आयोजनाहरुको शुरुवात संगै खोटाङ सेवा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको हलेसी रनिङ कप २ मा म्याग्दी समाज समिति दक्षिण कोरियाको तर्फबाट सहभागिता जनाउन लागेको हो । यस आयोजनामा सहभागि हुने म्याग्देली खेलाडीहरु प्रायः पुरानै अनुहारहरुको बाहुल्यता रहने छ । हाल कोरियामा रहेका म्याग्देली भलिबल खेलाडीहरुमा ,झलक आचार्य,मुक्त केसी, भबिन्द्र पुन, सज्जन केसी,गंगाराज बानिया,पुस्कल पुन,,श्री प्रसाद पुन,रामकृष्ण पुन,राम पुन,कमल पुन,योगेन्द्र छन्त्याल,भीम पुर्जा,संतोष मल्ल,याम हर्मेल,अमर छन्त्याल,उदय बुढा,चम गर्बुजा,राज कुमार पुन ,  बिजय कार्की,पुष्कल पुन,ईश्वर पौड्याल,दुत बहादुर छन्त्याल र दिनेश थापा रहेका छन ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP