बिरामी मिन गर्बुजा अस्पतालबाट डिश्चार्ज,अर्का बिरामी केशब घर्तीलाई छल्ला पुक्डोको अस्पतालमा ट्रान्शफर गर्ने तयारी

June 5, 2013

जन्डीज लगायतका रोगबाट ग्रषित भई गत ४५ दिन देखि ऊईजङबु स्थित सङमो अस्पतालमा रहेका म्याग्दी कुहुंका बिरामी मिन गर्बुजा अस्पतालबाट आज ५ तारिख डिश्चार्ज भएका छन ।उनको हाल सम्मको जम्मा बील १ करोड १० लाख ओन आएकोमा ईन्स्युरेन्स तथा अस्पतालको तर्फबाट भारी मात्रमा डिस्काउन्ट गर्दै ३६ लाख तिर्नै पर्ने गरि थमाना गरि दिएको छ । जस मध्य हिजो मंगलबारको दिनमा म्याग्दी समाजको तर्फबाट १७ लाख ओन बिरामीलाई हस्तान्तरण गरिएको छ । त्यस्तै गत ७ महिना देखि बोन टि बीको कारण राजधानी सउलको सबुक अस्पतालमा रहेका म्याग्दी छिस्बाङका केशव घर्तीलाई रकम अभावको कारण छल्ला पुक्डोको एक अस्पतालमा सार्ने तयारी भईरहेको छ । उनको उपचारको लागि  करिव ५५ लाख खर्च भईसकेको छ भने हरेक महिना ३ लाख ८० हजार ओन अस्पताल र ईन्स्युरेन्स कम्पनीलाई बुझाउनु पर्दछ । बर्षौ अस्पतालमा बस्नु पर्ने भएकोले सउल देखि ६ घण्ट टाढाको उक्त अस्पतालमा पुर्याएमा प्रति महिना ८० ओन हजार तिरे पुग्ने छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP