ओमकुमारी (शान्ति) पुनको उपचारका लागि म्याग्दी समाज समिति दक्षिण कोरियाको पहलमा १ लाख २५ हजार २ सय संकलन

August 5, 2013


चार वर्षदेखि (हाईपोपलास्टीक एनीमिया) रोगबाट पिडित सिंगा १ की २६ वर्षिया ओमकुमारी (शान्ति) पुनको उपचारका लागि म्याग्दी सेवा समाज दक्षिण कोरियाले १ लाख २५ हजार २ सय आर्थिक सहयोग गरेको छ । सोमबार सदरमुकाम बेनीमा एक कार्यक्रमको आयोजना गरी म्याग्दी– कोरिया समाजका उपाध्यक्ष यामबहादुर केसी, सचिव मोहन बरुवालले ओमकुमारी पुन (शान्ति) उपचार समितिका संयोजक चन्द्रकुमार केसीलाई हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रमा म्याग्दी– कोरिया समाजका सदस्य, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुविरकुमार श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष विनय श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमा एउटा चेलीको जिवन बचाउन स्वदेश तथा विदेशमा भइरहेको अभियानले जिल्लाबासीको शिर उच्च बनाएको बताएका थिए ।हस्तान्तरण कार्यक्रमको अध्यक्षता ओमकुमारी पुन (शान्ति) उपचार समितिका संयोजक चन्द्रकुमार केसी र सञ्चालन कोषाध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो । उपचार समितिका संयोजक केसीले उपचारका लागि बोलिएको रकम संकलन भइरहेकाले केही दिनमा सम्पुर्ण रकम सार्वजनिक गरिने बताउँदै उपचारबाट बाकी रहेको रकमलाई ओमकुमारी सँरक्षक हुने गरी एउटा संस्था स्थापना गरिने बताएका थिए । २०६६ सालदेखि शरिरमा रगत उत्पादन हुन नसक्ने हाइपोपलास्टीक एनीमिया रोगबाट पिडित भएपनि तत्कालीन अवस्थामा देशभित्र उपचारको सुबिधा नभएकाले हरेक महिना शरिरमा रगत परिवर्तन गराउने गरिएपनि हाल नेपालमै उपचार पद्धति भित्रिएपछि भदौको दोस्रो साता बोनम्यारो प्रत्यारोपण गरिने ओमकुमारीका परिवारको भनाई छ । श्रोट- बेनी अनलाई

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP