म्याग्दी समाज समितिले छुसकमा म्याग्देली भेटघाट कार्यक्रमको आयोजना गर्ने

August 18, 2013

म्याग्दी समाज समिति दक्षिण कोरियाले कोरियाको महान छुसक र नेपाली महिलाहरुको महान पर्व तीजको सुखद अवसर पारेर म्याग्देली भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । म्याग्दी समाज नवौ कार्य समितिको आज राजधानी सउलको तोङदेमुन शहरमा बसेको बिशेष बैठकले सेप्टेम्बर ७ तारिख शनिबारको दिन मनाउने भनिएको हरितालिका तीज कार्यक्रमको मितिलाई एक हप्ता पर सार्दै छुसकको दोश्रो दिन आयोजना गरने निर्णय गरेको हो । बैठकको निर्णयानुसार सेप्टेम्बर १९ तारिख सांझ आयोजना गर्ने गरि हरितालिका तीज र म्याग्देली भेटघाट कार्यक्रम एक साथ मनाईने छ । कार्यक्रममा समाजको तर्फबाट म्याग्देली दिदी बहिनीहरुको सम्मानमा तीजको दर समेत खुवाईने छ भने नव आगन्तुक म्याग्देलीहरुको स्वागत तथा स्वदेश फर्कन लाग्नु भएका म्याग्देलीहरुको बिदाई समेत गरिने छ । १९ तारिख सांझ ७ बजे देखि शुरु हुने औपचारिक कार्यक्रमकै क्रममा म्याग्देलीहरुको प्रयासमा निर्मित म्याग्दी अस्पताल आकस्मिक कक्ष सम्पन्न भएको उपलक्ष्यमा केक काटेर एकापसमा खुशीयाली मनाउनुको साथै आकस्मिक कक्ष र म्याग्दी समाजको बारेमा भिडियो प्रस्तुत गरिने छ । कार्यक्रमको तेश्रो चरणमा मिष्ठान्न परिकारहरु सहितको रात्री भोजको साथ हिन्डी तथा नेपाली लोक भाकाहरुमा धित् मरुन्जेल नाचेर रमाईलो गर्न डान्स पार्टीको समेत ब्यबस्था गरिएको छ । त्यसकारण तल उल्यखित स्थान,मिति र समयमा कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई लामो बिदाको अवसर पारेर समाजले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागि हुनु हुन हार्दिक अनुरोध गरिन्छ । स्थान-दुर्गा रेष्टुरेण्ट चोङगाक (अण्डर ग्राउण्ड) मिति- सेप्टेम्बर १९ तारिख सांझ समय- सांझ ७ बजे देखि ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP