म्याग्दी समाज समिति दक्षिण करियाको साधारण सभा जनवरी ३० मा

January 1, 2014

म्याग्दी समाज दक्षिण कोरियाको दशौ साधारण सभा जनवरी ३१ तारिख राजधानी सउलको तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा सम्पन्न हुने भएको छ । सम्पन्न सभामा नवौ कार्य समितिको २ बर्षे कार्यकालको समिक्षा गर्दै दसौ कार्य समितिको चयन गर्ने छ । स्मरणिय रहोस,समाजका बर्तमान अध्यक्ष भरत तुलाचनको अध्यक्षतामा गठित नवौ कार्य समितिको दुई बर्षे कार्यकालमा जिल्ला सदरमुकार बेनी बजारमा अबस्थित म्याग्दी अस्पतालको आकस्मिक कक्ष करिव १७ लाख नेरुमा निर्माण गर्नुको साथै कोरियामा सख्त बिरामी परेका प्रवासी म्याग्देलीहरुको सफल उपचार गराउन सफल भएको छ । सभामा उपस्थित सम्पूर्ण म्याग्देलीहरु बीच करिव पांच करोड ओन (नेरु ४० लाख ) बराबरको आम्दानी र खर्चको सम्पूर्ण बिबरण पेश गरिने छ । हाम्रो लागि हामी नै भन्ने मूल नाराको साथ सम्पन्न हुन गई रहेको साधारण सभामा कोरियामा रहेका सम्पूर्ण म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP