म्याग्दी समाजका सकृय सदस्य याम हर्मेलको बिदाई कार्यक्रम सम्पन्न

November 5, 2013

म्याग्दी समाज समितिका सक्रिय सदस्य श्री याम हर्मेल स्वदेश फर्कन लाग्नु भएकोले उहांको सम्मानमा म्याग्दी समाज समिति दक्षिण कोरियाले एक समारोहका साथ बिदाई कार्यक्रमको आयोजना गरेको छ । बिगत ३ बर्ष अगाडी कोरिया आई कार्यरत हर्मेल कोरिया प्रबेश पछिको केहि समयमा नै समाज सेवामा होमिनु भएको थियो । म्याग्दी समाज समिति दक्षिण कोरियाको कार्य समितिको सदस्य पदमा रहि समाजका हरेक कृयाकलापहरुमा निरन्तर लाग्नु भएको हर्मेल कोरियाको मजदूरी पेशालाई अंगाल्नु भन्दा स्वदेशमै केहि गर्न सकिन्छ भन्ने अठोटका साथ स्वदेश फर्कन लाग्नु भएको हो । गत आईतबार राजधानी सउलको तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा औपचारिक बिदाई कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष भरत तुलाचनको सभापतित्व र कार्य समितिका सम्पूर्ण सदस्यहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा सदस्य हर्मेललाई समाजको तर्फबाट उपहार प्रदान गरिएको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP