हा हा एशियन फेष्टिबलमा नेपालको उत्साहजनक सहभागिता,भलिबल र नृत्य प्रतियोगितामा प्रथम

October 30, 2013

गत अक्टोबर २७ तारिख आइतबारका दिन उईजङबु फरिजन वर्कर्स सेन्टरले माङ्वल्सा स्थित सिन्होङ युनिभर्सिटीमा आयोजना गरेको हा हा एशियन फेष्टिबलमा नेपालले उत्साह जनक रुपमा सहभागिता जनाएको छ । सेन्टरले बिगत बर्षहरुमा उईजंबु शहरको सिटीहलमा आयोजना गर्दै आएको उक्त फेष्टिबललाई यस बर्ष बिभिन्न खेलकूद प्रतियोगिताहरुलाई समाबेश गरि माङ्वल्सा स्थित सिन्हुङ युनिभर्सिटीमा आयोजना गरेको थियो । फेष्टिबलको मुख्य आकर्षण मानिएको भलिबल खेल बिहान ठीक १० बजे देखि शुरु भएको थियो जस्मा नेपाल लगायत थाइल्याण्ड, श्रीलंका, मंगोलिया, इण्डोनेशिया, उज्बेकिस्तान, कम्बोडिया र फिलिपिन्स गरि ८ टीमले सहभागिता जनाएका थिए । भलिबल तर्फको पहिलो खेल नेपाल र थाइल्याण्ड बिच भएको थियो। थाइल्याण्ड भलिबल टीमको खेल प्रदर्शन निक्कै राम्रो मानिएता पनि नेपालसँग भने २-० को सोझो सेट मै पराजित हुन पु्ग्यो । सेमी फाइनलमा श्रीलंकालाई पराजित गर्दै फाईनलमा पुगेको नेपाली भलिबल टीमले उज्वेकिस्तान र फिलिपिन्सलाई पराजित गरि फाइनल यात्रा तय गरेको इण्डोनेशियाको भलिबल टिमलाई फाइनल खेलमा २-० को सोझो सेटमा पराजित गर्दै हा हा एशियन फेष्टिबल २०१३ को बिजयी टीम बन्न सफल भयो । नेपाली भलिबल टीममा अनिल धमाल (कास्की)झलक आचार्य (म्याग्दी) शंकर गुरुङ्ग (कास्की) प्रेम अर्याल (गुल्मी)अमित राना(स्याङ्जा) अर्जुन थापा (बाग्लुङ) अमृत पौडेल (बाग्लुङ)भबिन पाइजा (म्याग्दी)बिकी गुरुङ्ग (कास्की)गंगा राज बानिया (म्याग्दी) गरि १० जना खेलाडीहरु सहभागी थिए। नेपाली भलिबल टीमको प्रशिक्षकमा केश भक्त गुरुङ (स्याङजा) र टीम म्यानेजरको भूमिका मुक्त मान केशी (म्याग्दी)ले गरेका थिए । नेपाली दजुभाई तथा दिदी बहिनीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपालको पहिचान गराउने भेषभुषा सहित नेपालको राष्ट्रिय झण्डा, ब्यानर, प्लेकार्ड बोकेर नेपाली बाजा गाजा सहित नाचगान गर्दै पटकौं पटक कार्यक्रम स्थलको परिक्रमा गरिएको थियो । उक्त फेस्टिबलमा फुटबल, क्रिकेट, बास्केटबल लगायतका खेलहरु समेत समाबेश गरिएका थिए । तर नेपाल टीम फुटबलमा कम्बोडिया र क्रिकेटमा बगलादेश संगको खेलबाट बाहिरिनु पर्यो । फेष्टिबलमा नेपालले नृत्य प्रतियोगितामा समेत सहभागिता जनाएको थियो । जस्मा कोरियामा चर्चित नृत्यकार नेपाली चेली स्विटी तामाङले ८ देशका नृत्यकारहरुलाई पछि पार्दै प्रथम स्थान हांशिल गरिन् । सम्पन्न हा हा एशियन फे्ष्टिबल २०१३ मा नेपालको तर्फबाट म्याग्दी समाज समिति,योङ स्टार ग्रुप र कास्की परिवारको संयुक्त संयोजन रहेको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP