म्याग्दी समाज समितिको आयोजनामा भेटघाट तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

September 23, 2013


म्याग्दी समाज समिति दक्षिण कोरियाले कोरियाको महान पर्व छुसकको अबसर पारेर म्याग्देली भेटघाट तथा सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । गत सेप्टेम्बर १९ तारिख सांझ राजधानी सउलको चोङगाक स्थित दुर्गा रेष्टुरेण्टमा आयोजित म्याग्देली भेटघाट तथा सम्मान कार्यक्रम म्याग्दी समाजका अध्यक्ष भरत तुलाचनको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका बिशेष अतिथिहरुमा एन आरएन कोरियाका नव निर्वाचित अध्यक्ष तथा समाजका सल्लाहकार बिनोद कुंवर, नेपाल आदिवासी जनजाति महासंघका कार्यबाहक अध्यक्ष तथा समाजका सल्लाहकार भक्त सेरचन,भुपु अध्यक्ष तथा सल्लाहकार नर बहादुर पुन, म्याग्दी समाज खेलकूद बिभागका अध्यक्ष मुक्त केसी रहनु भएको थियो । दियोमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रमको पहिलो चरणमा म्याग्दी समाजका अध्यक्ष भरत तुलाचनले उपस्थित सम्पूर्ण म्याग्देली चेलीबेटीहरुलाई पछ्यौरा ओढ्याएर सम्मान गरेका थिए ।
त्यस्तै, बिगतमा म्याग्दी समाजका हरेक कार्यक्रमहरुमा अहोरात्र खतिदै बिशेष देन दिने करिव १५ जना म्याग्देली चेलीबेटीहरुलाई खाडा र सम्मान पत्रबाट बिशेष सम्मान गरियो । कार्यक्रममा म्याग्देली भलिबल टीमका करिव २० जना खेलाडीहरुलाई समेत खाडा ओढ्याएर सम्मान गरिएको थियो । More...  
सम्मान पश्चात भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै एन आरएन कोरियाका नव निर्वाचित अध्यक्ष तथा समाजका सल्लाहकार बिनोद कुंवरले प्रवासमा समाजको आबश्यक्ता अपरिहार्य भएको र म्याग्दी समाजका हरेक गतिबिधिहरुबाट आफू संतुष्ट रहेको बिचार ब्यक्त गरे । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघका कार्यबाहक अध्यक्ष तथा समाजका सल्लाहकार भक्त सेरचनले बिदेशमा कार्यरत रहंदा संधै आफ्नो स्वास्थ्य ख्याल गर्नुको साथै आकस्मिक दुर्घटनाहरुबाट बच्न सबै चनाखो हुनु पर्ने बताए । कार्यक्रममा म्याग्दी समाज खेलकूद बिभागका अध्यक्ष मुक्त केसीले कोरियामा म्याग्देली भलिबल टीमका खेलाडीहरुलाई थप हौशला दिंदै अगाडी बढाउनु पर्नेमा जोड दिए । म्याग्दी समाजाका अध्यक्ष भरत तुलाचनले म्याग्दी अस्पताल आकस्मिक कक्ष निर्माण सम्पन्न गर्दा आर्थिक सहयोग गर्ने १९५ जना म्याग्देलीहरुलाई हार्दिक धन्यबाद दिंदै कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरु एकजूट भएर लागि परेमा सबै समस्याहरुको समाधानमा कुनै कठिनाई नपर्ने ठोकूवा गरे । सोहि कार्यक्रम मार्फत आफ्नो ४ बर्ष १० महिनाको ईपिएस समयाब्धि पूरा गरि स्वदेश फर्कन लागेकी म्याग्दी समाजका अति सकृय सदस्य शलिना श्रेष्ठको बिदाई कार्यक्रम समेत सम्पन्न गरिएको थियो । स्मरणिय रहोस, गत १४ तारिख आईतबार अर्का सकृय सदस्य गणेश रिजालको समेत भब्य रुपमा बिदाई कार्यक्रमको आयोजना सम्पन्न गरिएको थियो । करिव १३० जना म्याग्देली दाजुभाईहरुको उपस्थिति रहेको भेटघाट तथा सम्मान कार्यक्रममा समाजका सचिव बाबुराम शर्माको कुशल संचालन र उपाध्यक्ष रामकृष्ण पुनको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रमको दोश्रो चरणमा भएको खानपिन पश्चात गरिएको नाचगान कार्यक्रमले आयोजना स्थल पुर्णत: सांगितिक माहोलमा परिणत गराएको थियो । बर्षौं सम्मको कामले थकित म्याग्देलीहरु सांझ १० बजे देखि बिहान ४ बजे सम्म धित् मरुन्जेल रमाए । ।








  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP