btulachan seoul, Korea
नेपाल सम्पर्क समिति सक्षिण कोरियाको आयोजनामा हुन गई रहेको एन सि सी कप भलिबल प्रतियोगिताको पहिलो चरणको दोश्रो खेलमा म्याग्दी समाज समिति तथा स्याङजा परिवार बिच प्रतिस्प्रर्धा हुने भएको छ । १० टीमलाई ए र बी गरी दुई भागमा बिभाजन गरि गरिएको नेपाल सम्पर्क समिति सक्षिण कोरियाको एन सि सी कप प्रतियोगिताको गोला प्रथा नतिजा अनुसार उक्त टाईशिट तय भएको हो । स्याङजा परिवार भलिबल खेलको लागि कोरियाली भूमिमा कडा प्रतिस्प्रर्धिको रुपमा चिनिन्छ । तर बिगतको एन सि सी कप बिजयता हामो म्याग्देली टीम पनि यस भूमिमा पुन: बिजयीको दाबेदारको रुपमा हेरिंदै आएको छ । भोलि हुने यस प्रतिस्प्रर्धामा म्याग्देली बिजयलाई सुनिश्चित बनाउन खेलाडीहरुको उत्कृष्ट खेल प्रर्दशन मात्र नभएर कोरियाली भूमिमा कार्यरत सम्पूर्ण म्याग्देलीहरु कार्यक्रम स्थलमा पुगेर खेलाडीहरुको मनोवललाई उच्च पार्नु पर्ने देखिन्छ ।