अप्रत्याशित रुपमा बाहिरिनु नपरेको भए थर्किने थियो आज एन सि सी कपको कार्यक्रम हल ।

March 15, 2009

----------------------------------थप फोटोहरु

आजको एन सि सी कपमा म्याग्दी समाज समितिको तर्फबाट हामीले पुन: बिजयको लागि पुर्ण तयारीका साथ एन सि सी कपमा सहभागिता जनायौं। आव्हावान गरे अनुरुप खेलाडीहरुको मनोबल बढाउन गत साल भन्दा झन्दै दोब्बर म्याग्देलीहरुको उपस्थिति समेत रह्यो । तर नतिजा सोंचे अनुरुप हुन सकेन । हामी असफल हुनुको पहिलो कारक एन सि सीको खेल ताइशिटको लागि भएको अग्रिम गोला प्रथालाई लिन सकिन्छ । अब्यबस्थित अग्रिम गोलाप्रथाले हाम्रा खेलाडीहरुलाई प्रतिस्प्रर्धिहरु सित लगातार जुध्नु पर्ने बाध्य तुल्यायो । लगातार तीन टीम सितको प्रतिस्प्रर्धाले खेलाडीहरु थकित भए । जस्को फलस्वरुप एन सि सी कपको पुन: दाबेदार म्याग्देली टीमलाई अप्रत्याशित टीमले हरायो । कार्यक्रममा कसैले पनि सायदै सोंचेको थिएन म्याग्दी समाज सेमि फाईनलबाट बाहिरिन्छ भनेर । तर नतिजा अप्रत्याशित रह्यो । म्याग्दीको लास्ट पोइन्ट हुंदा प्रतिस्प्रर्धिको जम्मा २१ मात्र थियो । सेमिफाईनलमा म्याग्देली बिजय करिब निश्चित रहेको अबस्थामा प्रतिस्प्रर्धिले लगातार ६ अंक लिएर बिजय गर्नु भनेको सोच्नै नसकिने कुरा हो । जसले म्याग्देली बिजयलाई जोडदार हुटिङ दिन उपस्थित सयौं म्याग्देलीहरुलाई निराश तुल्यायो । साच्चै अप्रत्याशित रुपमा सेमि फाईनल खेलबाटै बाहिरिनु नपरेको भए थर्किने थियो आज एन सि सी कपको कार्यक्रम हल । -btulachan-

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP