यसपालिको प्रतिस्प्रर्धात्मक भलिबल खेलको आयोजना जुन महिनाको पहिलो हप्ता हुन सक्ने

March 29, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाले बर्षेनी आयोजना गर्दै आईरहेको प्रतिस्प्रर्धात्मक भलिबल खेलको आयोजना जुन महिनाको पहिलो हप्ता हुन सक्ने सम्भावना बढेर गएको छ । आज आईतबारको दिन कोरियामा कार्यरत म्याग्देली लगायत कार्यकारिणी समितिका सदस्यहरु संगको सम्पर्कमा जुन महिनाको पहिलो हप्ता आयोजना गरे राम्रो हुने आश्वासनहरु प्राप्त भएकोले आगामी मिटिङमा सोहि अनुसार पारित हुने लगभग निश्चित जस्तै भएको छ । आगामी मिटिङको मिति निश्चित भई नसके पनि म्याग्दी समाज समिति दक्षिण कोरिया सातौं कार्य समितिको एघारौ बैठकको मिति निर्धारण आगामी हप्ता सम्मा निश्चित हुन सक्ने कुरा समाजका अध्यक्ष नर बहादुर पुनले जानाकारी दिनु भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP