प्रतिस्प्रर्धात्मक भलिबल खेलको लागि हल निश्चित

April 23, 2009

btulachan
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी मे १७ तारिखको दिन आयोजना गर्न लागेको प्रतिस्प्रर्धात्मक भलिबल खेलको लागि पुरानै हल निश्चित भएको छ । करिव २ हप्ता देखि हलको खोजिमा भौतारिनु भएका समाजका अध्यक्ष श्री नरबहादुर पुनले आज दिउंसो पोहोर साल आयोजना भएको माङओलसान स्थित सिनहोङ तेहाक्योको हल उपलब्ध भएको जानाकारी दिनु भएको हो । हल उपलब्ध भएपछि अब प्रतिस्प्रर्धात्मक भलिबल खेलको लागि अन्य तयारीहरु क्रमबद्द रुपमा अगाडी बढ्दै जाने आशा गरिएको छ । भाग्यशाली चिट्ठाको टिकट भने गत २ हप्ता अगाडि देखि नै बिक्री बितरणमा आईसकेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP