दक्षिण कोरियामा धरपकडले सिमा नाघ्दै छ होशियार !

April 22, 2009

दक्षिण कोरियाली सरकारले वर्क परमिट सिस्टम लागु गरि अति सस्तो ज्यालामा बिदेशी मजदूर भित्र्याए पछि यहां कार्यरत लाखौं मजदूरहरुलाई धरपकड गरि स्वदेश फर्काउंदै गरेको करिब तीन चार बर्ष भई सकेता पनि यस महिना देखि धरपकडलाई अझ तिब्रता दिएको छ । अघिल्लो बर्षको अन्तिम तीन महिनामा करिव २० हजार बिदेशी मजदूरलाई धरपकड गरि स्वदेश फर्काई सकेको छ । ई म्यङ फाक सरकारको स्वार्थी भावनालाई अगाडी सारेर जसरी पनि कोरियालाई अबैध बिदेशी मजदूर बिहिन बनाउन लागि परेको छ । आज मात्रै म्याग्देली युवाहरुको जमात् कार्यरत एक कन्सल्टिङ कम्पनीमा छापा मार्दा म्याग्दी समाजका सदस्य योगेन्द्र पुर्जा धरपकडमा पर्नु भएको छ । अस्ती सोमबार मात्रै थसेस उपाध्यक्ष धरपकडमा परि हिजो सउलबाट ह्वासङ जेलमा स्थानान्तर गरिएको खबर प्राप्त भएको छ । यो हप्ता अन्य स्थानहरुमा पनि थुप्रै नेपालीहरु धरपकडमा पर्नु भएको खबरहरु प्राप्त भएका छन ।त्यसकारण आफ्नो सुन्दर भबिस्य निर्माणका सपना बोकेर कोरियाली भूमिमा कार्यरत हामी नेपालीहरु अति सजग हुन जरुरी देखिन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP