अप्रेशन सफल भएको दाबी, बिरामीको अबस्था सामान्य

June 4, 2009

स्थलगत रिपोर्ट, भरत तुलाचन सउल कोरिया ।
म्याग्दी समाजका भुपु सदस्य किशन तिलिजा पुन अस्ति मंगलबार करिब ४ घण्टा लामो घुंडाको अप्रेशन पश्चात हाल सामान्य अबस्थामा रहनु भएको छ । उहांका सहयोगि मिन भण्डारीको अनुसार डाक्टरले अप्रेशन अति राम्रो भएको कुरा बताएको र पूर्ण स्वास्थ्य लाभ गर्न करिव एक महिना अस्पतालमा बस्नु पर्ने जानाकारीमा आएको छ । बिरामीलाई आज बिहान सम्म पांचौ तलाको ५५३ को रुममा रहेता पनि आज मध्यान्न देखि पांचौ तलाकै ५५७ नं रुममा सारिएको छ । स्मरणिय रहोस, म्याग्दी समाज समिति दक्षिण कोरियाको पहलमा बिगत पांच दिन देखि म्याग्दी राखु निवाशी मिन बहादुर भण्डारी बिरामीको सहयोगिको रुपमा रहि आउनु भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP