आगामी ३ बर्ष भित्र म्याग्दीको सबै गाबिसमा ईन्टर्नेट सेवा उपलब्ध हुने

June 18, 2009

सन २००७ को म्यागासेसे पुरस्कार बिजेता समाजसेवी डा.महाबिर पुनको सकृयतामा म्याग्दी जिल्लाको राम्चे ,शिख,घार,हिस्तान,बेग,अर्थुङ्गे र भकिम्ली गाबिसमा तार रहित ईन्टर्नेट सेवा संचालनमा आईरहेकोमा आगामी तीन बर्षभित्र म्याग्दी जिल्लाको ४१ वटै गाविसमा तार रहित ईन्टर्नेट सेवा संचालनमा ल्याईने भएको छ । समाज सेवी डा. पुनले सबै गाबिसलाइ ईन्टर्नेट संजाल संग जोड्न न्यनतम लगानी रु. एक करोड आबश्यक पर्ने कुरा ऐक छलफल कार्यक्रममा बताउनु भएको भएको छ । तोड्केमा टावर निर्माण सम्पन्न भईसकेको र तार रहित ईन्टर्नेट सेवा संचालनको लागि प्राविधिक अनुसन्धान पूरा भएको जिल्ला बिकास समिति म्याग्दीले जनाएको छ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP