
तीजमा म्याग्दी समाजले म्याग्देली चेलीबेटीलाई दर ख्वाउने
August 2, 2009
आगामी अगष्ट, २२ तारिख शनिवार साँझ अर्थात हरितालिका तीजमा म्याग्दी समाज समिति दक्षिण कोरियाले कोरियामा कार्यरत संपूर्ण म्याग्देली चेलीबेटीहरुलाई बिशेस कार्यक्रमका साथ दर ख्वाउने भएको छ । म्याग्दी समाज समिति द कोरियाको आब्हानमा हिजो आईतबार सम्पन्न बिशेस भेलाले उक्त निर्णय गरेको हो ।उक्त दिन कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई भेला बनाउने निर्णय समेत गरेको छ । सउल तोङदेमुन स्थित लुम्बिनी रेष्टुरेण्ट २ मा हुने उक्त कार्यक्रममा कोरियामा कार्यरत संपूर्ण म्याग्देलीहरु यसै सुचनालाई आधार मानि उपस्थित हुन हार्दिक अनुरोध गरिएको छ ।
