झलक आचार्य म्याग्दी समाज खेलकूद अध्यक्षमा चयन

January 14, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाको गत १० तारिख आईतबार बसेको बिशेस बैठकले म्याग्देली खेलाडी तथा पुर्व उपाध्यक्ष झलक आचार्यलाई खेलकूद अध्यक्षमा चयन गरेको छ । म्याग्दी समाज खेलकूद अध्यक्ष राम खडका नेपाल प्रस्थान गर्नु भएपछि रिक्त हुन आएको उक्त पदमा आचार्यलाई नियुक्त गरिएको हो ।
 समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा बसेको उक्त बैठकले झलक आचार्यलाई  अध्यक्षमा चयन गर्दै रिक्त रहेको सदस्य पदहरुमा समेत थप गरिएको छ । जस्मा-
अध्यक्ष-झलक आचार्य सचिव- कर्ण पुन कोषाध्यक्ष-दलु पुर्जा सदस्यहरुमा- कमल पाईजा,भिम पुन,रेम पुर्जा, भुपेन्द्र पुन,कृष्ण फगामी,यु कुमार राना,ज्ञानु छन्त्याल, लोक बानिया सल्लाहकारमा मुक्त केसी र लक्षु बोगटी र प्रशिक्षकमा नारायण बरुवाल रहनु भएको छ । रिक्त उपाध्यक्ष पद भने हाललाई रिक्त राखिएको छ । उल्यखित खेलकूद समितिलाई आगामी फेब्रुअरीमा हुने दोश्रो साधारण सभामा सपथ गरिने भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP