म्याग्दीमा प्रथम सडक खानामहोत्सव शुरु

January 16, 2010


नेपाली संस्कृतिको संरक्षण गर्दै आन्तरिक पर्यटनको प्रवर्धन गरौं भन्ने मुल नाराका साथ म्याग्दीका महिला उद्यमीहरूको आयोजनामा म्याग्दीमै पहिलोपटक सडकखाना महोत्सव शुरुभएको छ ।
                                                                                                                 
सडकखाना महोत्सवको उद्घाटन गर्दै संविधानसभाका सभाषद गोविन्द पौडेलले पर्यटकिय दृश्टीले अत्यन्तै महत्वपुर्ण मानिएको म्याग्दी जिल्लामा रहेका स्थानीय पहिचानको प्रचारप्रसार गरि यहाँको पर्यटकिय क्षमतामा बिस्तार गर्नुपर्ने खाँचो रहेको औल्याए ।
म्याग्दीका विभिन्न क्षेत्रबाट अवलोकन गर्नसकिने हिमालको दृश्य, यहँाका विभिन्न तातोपानीका कुण्डहरू, विभिन्न मनोरञ्जनात्मक क्षेत्रहरूका साथै परापर्ुवकालदेखि बसोबास गर्दैआइरहेका विभिन्न जनजाती र तिनका परम्परागत भेषभुषा नै स्वदेशी तथा बिदेशी पर्यटकका लागि अवलोकनीय क्षेत्र भएको स्मरण गर्दै तिनको प्रचारप्रसार र पर््रवर्धन गर्नसके यहाँको आर्थिक क्षेत्र निकै मजबुत हुने सभाषद पौडेलले बताउनुभयो । नेपालमै उत्कृष्ट पर्यटकिय क्षेत्रहरू म्याग्दीमा रहेर पनि प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको स्मरण गर्दै त्यस्ता क्षेत्रको विकासका लागि सम्पर्ुण्ा म्याग्दीबासीहरू एकजुट हुनुपर्ने महोत्सवका अतितिहरूले जोड दिएका थिए । कार्यक्रममा बोल्दै महिला उद्यम विकास समिति म्याग्दीका अध्यक्ष ताराकुमारी भण्डारीले समाजका हरेक क्रियाकलापमा पुरुषसरह महिलाको पनि उपस्थिीती जनाउन र चुलोचौकोमा सिमित रहेका महिलाहरूलाई गोलबद्ध बनाउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको बताउँदै यस महोत्सवले म्याग्दी जिल्लाको पहिचानलाई चिनाउन थप प्रेरणा मिलेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एकिकृत नेकपा माओबादीकार् इन्चार्ज मित्रशरण शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छबी बिक, नेपाली कांग्रेसका सभापती डा. भुपेन्द्रबहादुर खड्का राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालका अध्यक्ष एकेन्द्र रावल, उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष र्सर्ुयप्रसाद मर्सर्ाा, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष सुवासकुमार श्रेष्ठ ,उद्योग वाणिज्य महाँसंघका केन्द्रीय सदस्य प्रमोदकुमार श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी माकाजु, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष चत्रुनाथ अधिकारी, वाग्लुङ, पर्वत र लम्जुङ उद्योग वाणिज्य संघका अध्यक्षहरू बसन्त श्रेष्ठ, होमप्रसाद श्रेष्ठ र प्रमोदकुमार श्रेष्ठ लगायतले म्याग्दीलाई पर्यटकिय क्षेत्रमा अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए ।
म्याग्दीमा परम्परागत रुपवाट सञ्चालन हुँदैआइरहेको माघेसक्रान्तीको अवसर पारेर आयोजना गरिएको सडिकखाना महोत्सवमा म्याग्दीका ग्रामिण भेगका स्थानीय, जातीय तथा विभिन्न आयातित खानाका परिकारहरू समेटिएका बिभिन्न स्टलहरू राखिएका छन् ।
म्ाहोत्सवको अवलोकन गर्न म्याग्दीका विभिन्न गाउँका साथै बाग्लुङ, पर्वत, कास्की लगायतका जिल्लाहरूबाट समेत दर्शकहरू आएको आयोजकले बताएको छ । म्याग्दीमै पहिलोपटक आयोजना गरिएको महोत्सवमा विभिन्न स्थानीय संस्कृती झल्काउने नृत्य, झाँकी पर््रदर्शनका साथै विभिन्न प्रतियोगिताहरूको समेत आयोजना गरिएको छ ।
न्जिकिंदैगरेको पर्यटनवर्ष२०११ लाई सफल पार्न र यहाँको स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय क्षेत्रसम्म पुर्‍याउनका लागि महोत्सवले थप सहयोग गर्ने अपेक्षा आयाजकहरूले लिएका छन् ।


(बेनी अनलाईनबाट साभार)

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP