एन सि सी कपमा म्याग्दी समाज टीमबाट उमेश बस्नेट खेल्ने

January 20, 2010

कोरियाली भूमिमा भलिबल खेलाडीका रुपमा चिर परिचित कुशल खेलाडी उमेश बस्नेट यसपालि म्याग्दी समाज टीमबाट खेल्नु हुने भएको छ । बिगत केहि बर्ष देखि म्याग्दी टीममा सहभागि हुने ईच्छा ब्यक्त गर्दै आउनु भएका बस्नेट बिगतमा स्याङजा, एन सि सी,खोताङ लगायतका टीमहरुबाट सहभागि भई आफ्नो खेल कौशल देखाई सक्नु भएको छ ।
 कोरियाली भूमिमा हालैका बर्षमा गरिएको तिब्र धरपकड र आफूखूशी स्वदेश प्रस्थान गर्ने म्याग्देली प्रवासीहरु मध्य  म्याग्देली खेलाडीहरु धेरै परेकोले  बिगत एन सि सीकप बिजेता म्याग्देली टीमलाई पुन: दाबेदार बनाउन समाजको अनुरोध र उहांको ईच्छा मुताबिक म्याग्दी टीममा सहभागि हुनु भएको हो । बिगतमा पर्बत टीमबाट खेल्दै आउनु भएका म्याग्देली खेलाडी झलक आचार्य यस बर्ष देखि म्याग्देली खेलाडीहरुको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिनुहुने भएको छ । त्यसकारण यसपालिको एन सि सी कपमा सहभागि म्याग्दी टीमको पु्र्ण हौशला दिन कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई उक्त दिन  उपस्थित हुन अनुरोध गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP