फेरी जित्यो म्याग्दीले एन सि सी कप

January 24, 2010



-----------------------------थप तस्बिरहरु
भरत तुलाचन,सउल कोरिया
नेपाल सम्पर्क समितिले आयोजना गरेको एन सि सी  कप भलिबल खेलको तेश्रो प्रतियोगितामा पुन: म्याग्दी समाज समितिले बिजयी हांशिल गरेको छ । हिजो आईतबार राजधानी सउल स्थित माङओलसानमा आयोजना गरिएको उक्त प्रतियोगितामा म्याग्दी,पर्बत,बाग्लुङ,नेपाल मगर संघ, स्याङजा ए-बी,गुल्मी,एमटीयु  र कास्की गरि नौ टीमले सहभागिता जनाएका थिए ।
जस्मा म्याग्दी समाजले स्याङजा ए र पर्वत समाजलाई कडा प्रतिस्प्रर्धाका साथ पछाडी पार्दै फाईनलमा प्रबेश गरेको थियो । गुल्मी संगको फाईनल खेलमा समेत कडा प्रतिस्प्रर्धाका साथ लगातार दुबै खेल जित्न सफल भए पछि एन सि सी कपलाई पुन: आफ्नो पकडमा पार्न सफल भएको छ ।  सयौ म्याग्देलीहरुको जोडदार हुटिङले म्याग्देली खेलाडीहरुलाई खेलमा थप हौशला मिलेको थियो ।  एन सि सी कपको पहिलो प्रतियोगितामा म्याग्दी समाजले बिजय हांशिल गरेपनि दोश्रो प्रतियो गितामा भने सेमि फाईनलबाटै बाहिरिनु परेको बिगत पिडाले हुन सक्छ एन सि सीकपलाई आफनो कब्जा जमाउन म्याग्दी समाज फाईटिङ, म्याग्दी समाज अप अप जस्ता प्लेकार्डहरुका साथ हुटिङमा कस्सिएका थिए म्याग्देलीहरु । खेलाडीहरुको उत्कृष्ट खेल प्रर्दशनको अलावा जोड्डार हुटिङको सराहना प्रतियोगितामा उपस्थित दर्शकहरुले गरेका थिए ।
को को सहभागि थिए खेलाडीहरु ?
१-झलक आचार्य
२-उमेश बस्नेट
३-रबी मल्ल
४-कमल पुन
५-मुक्त केसी
६- भिम पुर्जा
७-किशन गुरुङ
८-भुपेन्द्र पुन
९-अमर पुन

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP