सातौ कार्य समितिको साधारण सभा भब्यताका साथ सम्पन्न

February 13, 2010



म्याग्दी समाज समिति दक्षिण कोरिया सातौ कार्य समितिको साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । सातौ कार्य समितिका अध्यक्ष नर बहादुर पुनको सभापतित्व र एन आर एन कोरियाका अध्यक्ष बिनोद कुंवरको प्रमुख आतिथ्यमा सम्पन्न सातौ कार्य समितिको साधारण सभामा करिब ८० जना म्याग्देलीहरुको उपस्थिति रहेको छ । साधारण सभामा कोषाध्यक्ष चिन बुदुजाले दुई बर्षे कार्यकालको समाजको सम्पूर्ण आय-ब्यय बिबरण प्रस्तुत गर्नु भयो भने सचिब भरत तुलाचन बाट सातौ कार्य समितिको दुई बर्षे कार्यकालको प्रगति बिबरण र पारित भावि योजनाहरुको प्रतिबेदन प्रस्तुत भएको थियो । साधारण सभामा सदस्य कर्ण पुनको स्वागत र सचिब भरत तुलाचनको संचालन रहेको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP