म्याग्दी समाज समितिले कलाकार मौशम पुनको सम्मान गर्यो

February 19, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले पर्वत समाजको निमन्त्रणामा कोरिया पाल्नु भएका म्याग्देली कलाकार तथा निर्देशक मौशम पुनको भब्य रुपमा  सम्मान गरेको छ । पर्वत समाजले आयोजना गरेको गुप्तेश्वर सांस्कृतिक सौगात कार्यक्रमको आयोजना भईरहेकै दिन सम्मानको लागि आयोजक संगको सहमतिमा  बिशेस समय मिलाई कलाकार मौशम पुनको सम्मान गरेको हो । सम्मानमा समाजका अध्यक्ष नर बहादुर पुन लगायतका पदाधिकारीहरुको उपस्थितिमा सम्मान गरिएको थियो ।
 उक्त दिनको सांझ सउल तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा म्याग्दी समाजको आयोजनामा कोरियामा कार्यरत करिव ५० जना म्याग्देलीहरु र कलाकार मौशम पुनको  उपस्थितिमा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।   उक्त भेटघाट कार्यक्रममा सांस्कृतिक कार्यक्रम स्थलमा उपस्थित म्याग्देलीहरुलाई कलाकार सहयोगार्थ गरिएको संकलित रकम ८७५,००० ओन अर्थात नेरु करिव साठी हजार रुपैयां समाजका अध्यक्ष नर बहादुर पुनले हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा करिव २५ जना म्याग्देलीहरुले दोसल्ला ओदयाई सम्मान गरेका थए । सबै फोटो उपलब्ध नभएकोले थप फोटोहरु केहि दिन पछि ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP