बेनी अनलाईनले लेखेको म्याग्दीको ताजा खबर

February 18, 2010

१..पछिल्लो समय बेनीमा अहिले गर्मी शुरु हुन थालेको छ भने। खाद्य संस्थानको जंग्गाले पनि महत्वपूर्ण स्थान पाएको छ। स्थानिय राजनितिक दलहरु अहिले उक्त खाद्य संस्थानको जग्गालाइ सार्वजनिक रुपमा प्रयोग गर्नुपर्छ भन्दै आन्दोलनमा छन
भने खाद्य संस्थानको जग्गामा जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ प्रहरीले पहरा दिदै बसेका छन यो जग्गा विवादको विषयले सदमुकामको महोल धेरैनै ततायो। पछिल्लो समय सुन्नमा आएको छ कि जग्गाको लागि सबैकुरा मिलेको छ केबल पैसामा मात्र कुरा अड्किएको छ। आसा गरौ यो जग्गाको विषयको कुरा अब चाडै टुङगो लाओस।
२..खाद्य संस्थानको जग्गामा नियमित रुपमा खेल्दै आएको ब्याटमिन्टन समेत प्रभावित बनेको छ भने विहान पख ब्याटमिन्टन खेलाडी अहिले जिल्ला अस्पतालको जग्गा र प्रकाश उच्च माविमाको प्राङगनमा खेल्न बाध्यछन। कर्भड हल निमार्ण कार्य पनि अन्तिम समयमा पुगेको हुनाले अब म्याग्दीले खेलाडिहरुको कर्भड हलमा खेल्ने सपना चाडै पुरा हुदैछ।
३..सम्पूर्ण म्याग्दीका माविहरुमा टेस्ट परिक्षा सकिएकोले एसएलसी परिक्षाको लागि टुयशन पढ्नकोलागि सदरमुकाम छर्ने विद्यार्थीहरुको संख्या बढ्न थालेको छ । जसको कारणले अहिले बजारमा चहल पहल बढेको छ भने यो गतिविधि तयार पर्दा सम्म दुइपटक सम्म टेस्ट परिक्षामा अनुउर्त्तिण भएपछि ज्यारुकोटका एक विद्यार्थीले झुन्डिएर आत्माहत्या गरेको खबर प्राप्त भएको छ। यसको बारेमा अन्यजानकारी भने हामी दिनै नै झौ।
४.. शैक्षिक सत्रको समाप्त हुन लाग्दासम्म अंग्रेजी शिक्षक नभएको कारणले बन्द भएको मुत्तिमार्म उच्चमावि घाराको सहमतिमा आइ आजदेखि बन्दभएको विद्यालय खुल्ला भएको छ। लामो समयदेखि उक्त विद्यालयमा अंग्रेजी शिक्षकको अभाव रहेको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP