अस्पतालमा इमरजेन्सी भवन निर्माणको लागि म्याग्दी अस्पतालबाट प्राप्त पत्र यस्तो छ

March 9, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले  जिल्लाको सदरमुकाम स्थित बेनी बजारमा रहेको म्याग्दी अस्पताललाई सहयोग गर्न गरेको  निर्णय संगै म्याग्दी कोरिया सम्पर्क समिति बेनी मार्फत म्याग्दी समाज समिति दक्षिण कोरियालाई म्याग्दी अस्पतालको  पत्र प्राप्त भएको छ
 । म्याग्दी कोरिया सम्पर्क समितिका संयोजक श्री टेक बहादुर पुन ज्युलाई बोधार्थ बनाई लेखिएको पत्रमा भनिएको छ- जिल्लाको बिभिन्न गाबिसहरुमा ग्रामिण सडकको बिस्तार संगै भई रहेका सडक दुर्घटना र जनसंख्या बृद्दिले बिरामीको चापले हालको ईमरजेन्सी भवनको क्षमता कम भएको कारण अचानक हुने दुर्घटना र दैनिक रुपमा उपचारार्थ आउने बरामीहरुलाई सर्व सुलभ तरिका बाट उपचार गर्नको लागि छुट्टै इमरजेन्सी भवनको आबश्यक्ता भएको हुंदा अस्पताल कम्पाउण्ड भित्र ईमरजेन्सी भवन निर्माण गरि सहयोग गरि दिनुहुन भनि म्याग्दी समाज समिति दक्षिण कोरियालाई अनुरोध गरिएको छ ।
स्मरणिय रहोस,  म्याग्दी जिल्लाबाट दक्षिण कोरिया आई लामो समयको बसाई र यहां रहुन्जेल म्याग्दी समाज समिति दक्षिण कोरियामा आबद्द रहि  हालसालै स्वदेश फर्कनु भएका समाजका संस्थापक तथा भुपु अध्यक्ष श्री टेक बहादुर पुन ज्युको संयोजकत्वमा मोहन बरुवाल , याम केसी , राम खडका, र बाबु बरुवाल सदस्य रहने गरि म्याग्दी कोरिया सम्पर्क समिति गठन गरिएको छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP